दोलखाको झुलेमा निसास्सिएर ६ दिने नवजात शिशु, सुत्केरी र श्रीमानको मृत्यु
चरिकोट – दोलखाको तामाकोसी गाउँपालिकामा घरभित्र निसास्सिएर ६ दिने नावालक सहित तीन जनाको मृत्यु भएको छ । तामाकोसी गाउँपालिका वडा नम्बर २ झुलेमा उक्त घट्ना भएको हो ।
सुत्केरी सेकाउन आगो वालेर झ्यालढोका थुनेर सुतेका सुत्केरी, उनका श्रीमान र नावालक विहान मृत अवस्थामा भेटिएका हुन् । मृत्यु हुनेमा सुत्केरी महिला अन्दाजी २५ वर्षिया अम्विका तामाङ, उनका २७ वर्षिय श्रीमान श्याम तामाङ र ६ दिने नावालाक रहेको वडा सदस्य नानीकाजी तामाङले जानकारी दिए ।
उनीहरुको निसास्सिएर मृत्यु भएको स्थानीयले बताएका छन् । घट्नास्थल पुगी घट्नाको अध्ययन भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८ ०९:१६
प्रतिक्रिया दिनुहोस्