चितवन – नेकपा एमालेको दशौं राष्टिय महाधिवेशनको बन्दसत्रमा पेश गरिएको केन्द्रीय कमिटीको सूचीमा दोलखाबाट पाँच जनाको नाम परेको छ । जारी बन्दसत्रमा गएराती अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि केन्द्रीय कमिटीको प्रस्तावित नामावलीको सूची पेश गरेका हुन् ।
दोलखाबाट केन्द्रीय कमिटीमा प्रस्ताव गरिएकामा आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ, ईश्वरी प्रसाद रिजाल, रचना खड्का र सरस्वती बस्नेत रहेका छन् । पुर्वमन्त्री, वाग्मती प्रदेश कमिटीका अध्यक्ष समेत रहेका पोखरेल वाग्मती प्रदेश (भुगोल० बाट केन्द्रीय कमिटीमा प्रस्ताव गरिएका हुन् । उनी यसअघि पनि केन्द्रीय सदस्य थिए । पुर्वमन्त्री समेत रहेका गुरुङलाई केन्द्रीय कमिटीको खुलातर्फ प्रस्ताव गरिएको हो ।
उनी नवौं राष्टि महाधिवेशनमा सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी दोलखा जिल्ला ईन्चार्ज समेत हुन् । यसैगरी रिजाल दलित खुला कोटाबाट केन्द्रीय सदस्यमा परेका हुन् । रिजाल यसअघिपनि केन्द्रीय सदस्य भैसकेका व्यक्ति हुन् । नेतृ खड्कालाई भुगोलको महिला कोटाबाट केन्द्रीय सदस्यमा प्रस्ताव गरिएको हो ।
उनी नवौ राष्टिय महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिईन् । उनलाई पछि केन्द्रीय कमिटीमा लगिएको थियो । सरस्वती वस्नेत पहिलो पटक केन्द्रीय कमिटीमा प्रवेश पाएकी हुन् । उनलाई महिला खुला कोटाबाट केन्द्रीय सदस्यमा प्रस्ताव गरिएको हो । सर्वसम्मतिका लागि प्रस्ताव गरिएकाले निर्वाचनका क्रममा पनि उनीहरु निर्वाचित हुने प्रायः निश्चित छ ।