Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सरकारले भन्यो - कास्कीमा कोरोना संक्रमण पुष्टि भएको छैन

काठमाडौं - सरकारले कास्कीमा कोरोना भाईरस संक्रमित विरामी नभेटिएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पोखरामा कोरोना संक्रमित व्यक्ति भेटिएको प्रचार गलत भएको स्पष्ट पारे ।

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update