-प्रेमा संगम
समय आफु बदलिदैन, अरुलाई मात्र बदल्छ । यो गतिशील समयानुसार धेरै कुराको परिभाषा तथा विशेषताहरु समेत बदलिन्छ । विकसित,परिष्कृत भएर बैज्ञानिक मापदण्ड अनुसारको बन्दै जान्छ । ती विविध विषयबस्तु मध्येको सहरको समाजशास्त्र पनि एउटा विषय हो । बदलिदो परिवेशमा सहरका दुई थरीका परिभाषा छन् ।
पहिलो, अर्थशास्त्री,विकासविद्,भुगोलशास्त्रीहरुले सहर भनेर भौतिक पक्ष्यमा जोड दिए । उनीहरुले फराकिला सडक,अग्ला घर,स्कुल,कलेज,हस्पिटल आदि भौतिक संरचनालाई जोड दिए । कृषि ज्यादै कम हुनुपर्ने,अरु पेशा अंगालेका मानिस धेरै हुनुपर्ने आदिलाई मापन बनाइयो । एकातिर सहर हुन्छ,अर्कोतिर सहरसँग जोडिएको ग्रामिण क्षेत्र हुन्छ । सहरले ग्रामिण क्षेत्रको विकासको मियाका रुपमा काम गर्छ भन्दै सहरलाई परिभाषित गरियाृे ।
दोस्रो, समाजशास्त्रले चाँहि सडक,घर भौतिक संरचनाभन्दा सामाजिक सम्बन्धको चरित्रका आधारमा सहरलाई परिभाषित गर्छ । सडक र घर नहुने भन्ने होइन । सामाजिक सम्बन्धको चरित्र भन्नाले चारपाँच वटा विषय हुन्छन् । पहिलो नातागोता,कुलगोत्रको सम्बन्ध पातलो हुँदै गएको र नयाँ सम्बन्धहरु गाँसिदै गएको हुनुपर्ने । सहर र गाउँको विभेद भनेको गाउँमा थोरै मान्छेसँग गहन सम्बन्ध हुन्छ । एक अर्काका बारेमा सात पुस्ताको थाहा हुन्छ । तर सहरमा सँगै जोडिएको कोठामा बस्ने मान्छेको बारेमा समेत केहि थाहा हुँदैन । सहरमा जात,कुल,क्षेत्रबाट बाहिर निस्कदै गरेका मानिसहरुको बसोबास हुन्छ । सहरमा पुरानो सामाजिक सम्बन्छका आयामहरु खुकुलो हुँदै गरेको हुन्छ र जात,पुरुषत्व,जातियता,भाषा जस्ता जन्मिदै प्राप्त हुने आयाममा नयाँ आयम पस्दै गरेको हुन्छ ।
सहरको अर्को विशेषता हरेक व्यक्तिको छुटाछुटै काम हुन्छ । गाउँमा खेतबारी हुन्छ । परिवारले काम गर्छ । सामुहिकता झल्किन्छ । पूर्विय समाजको विशेषता जस्तो चरित्र रहेको छ । सहरमा जीविकोपार्जन व्यक्ति केन्द्रित हुन्छ । व्यक्तिवादी चिन्तनको उपज जस्तो हुन्छ । पश्चिमा समाजको विशेषता जस्तो चरित्र झल्किन्छ । सबै नै व्यक्तिहरुको आ आफ्नो हुन्छ । बैङ्क खाता,पेशा,व्यवसाय,सोच,चिन्तन र व्यवहारहरु समेत सबै व्यक्तिकेन्द्रित हुन्छ । अर्थतन्त्रको स्रोत भासिएको बेलामा त्यो भाँसिदै जान्छ । धेरै मान्छेहरु बेरोजगार हुन्छन् । गाउँमाभन्दा सहरमा अर्थतन्त्र बढि उकासिएको हुन्छ । त्यसैले आफ्नो पेशामा लक्ष बन्नको लागि धेरै समय सिकाईमा समय खर्चिर्ने गर्दछन । त्यसो गर्दा आम्दानीको सम्भावना समेत बढी हुन्छ । सबै आ आफ्नो खुट्टामा उभिएका हुन्छन् । त्यसैले सम्बन्ध विच्छेद पनि सहरमा बढि हुन्छ । सहरिया जीवन अलि बढी व्यवसायिक हुन्छ । त्यसैले धेरै समय सिकाईमा लगानी गर्छन ।
समयको गतिशीलता सँगै विगत २०र३० वर्ष पहिलेका गाउँ अब गाउँ रहेन । अहिले रहेका गाउँ पनि गाउँको विशेषता र चरित्र पनि विस्तरै रुपान्तरण हुँदै सहरको चरित्रको बढी रजगज भएको छ । विश्वभुमण्डलिकरण,प्रविधि,विकास तथा शैक्षिक परिवर्तनको कारणले समेत गाउँको सामाजिक,आर्थिक,सांस्कृतिक आदि पक्षका चरित्र समेत विस्तारै सहरिया चरित्रको प्रभाव परेको छ । गाउँका मानिसहरु सहरिकृत भइसके ।सहरमा बस्न खोज्नेहरुको सँख्या दिनदिनै बढ्दै छन् । कृषि पेशा अँगालेर गाउँमा बस्ने संख्या घट्दै गएको छ । विविध खालका अर्मपर्म,आलोपालो सम्बन्ध समेत लोप हुँदै गएको छ । उत्पादन,सेवा तथा सुविधाहरु सहरकेन्द्रित भएर गएका छन ।
मानिसहरु सहरतर्फ केन्द्रित भएका हुन । गाउँ अब गाउँ जस्तो पनि रहेन । गाउँ कि सहर केन्द्रित भयो कि त सहरमा रुपान्तरण भएर गयो । कृषिलाई आधुनिकिकरण र व्यवसायिक नबनाएकोले पनि सहरसँग आकर्षण बढेको हो । उद्योग,कलकारखाना,सेवा,सुविधा र रोजगारको कारणले पनि गाउँबाट सहरमा मानिसहरुको संख्या बढेको हो । गाउँमा त अचेल बुढाबुढीको मात्र संख्या बढी रहेको छ । छोराछोरीहरु त भविष्य खोज्दै सहर पसेका छन् । बअअयचमष्लन तय तजभ ःबअखिभच, मानविय सम्बन्धमा परिवर्तन आउनु सामाजिक परिवर्तन हो ।” संसारमा सहरको उत्पति हुनुको पनि मुख्यातया दुई कारण रहेका छन् । पहिलो,उद्यम हुनाले । दोस्रो प्रशासनको कारणले हो । दक्षिण एसियामा चाहि धेरै उद्यम भएको कारणले सहरहरुको स्थापन भएको हो । त्यसकारण पनि गतिशील समयसँगै सहरको समाजशास्त्र पनि अझ परिष्कृत बन्दै गएको हो । सहरमा उद्यम मुख्य रुपमा रहन्छ । त्यो उद्यमले व्यक्तिकेन्द्रित उत्पादन गर्दछ । त्यससंग सम्बन्धित पेशा, व्यवसाय गर्ने पनि मिहिन रुपमा काममा दक्ष रहेका हुन्छन् । त्यो बदलियो समयको आवश्यकता समेत हो ।
सहरमा वर्गको निर्माण घटेर भन्दा झन बढ्दै गएको छ । समाजशास्त्री कार्ल माक्र्सले समाजवादमा कल्पना गरेको वर्गविहिन समाजको निर्माण यो पुँजिवादको दलदलमा उठ्नै नसक्ने गरि वर्तमान समाजमा डुबुल्कि मारेको छ । बदलिदो समयमा सहरमा भ्रष्टचारको जगजगी यति बढेको छ । गोठमा बाघले गाई मारेको पिर होइन बाघ गोठमा पल्किएको बढि चिन्ता हो भने जस्तै भ्रष्टचारको अहिलेको रुप क्यानसर झै व्यापक फैलिदो अवस्थामा रहेको छ । सहरमा महिलाको सहभागिता हरेक क्षेत्रमा बढेको छ । त्यो सकारात्मक पाटो छ । जसले विकासको अभ्यासमा टेवा पुर्याउने काम गरेको छ । सहरमा कुनै नकारात्मक कुरा बढाइचढाई भन्ने चलन निकै मौलाएको छ । त्यो असल समाज निर्माणको बाटोमा सकारात्मक कुरा होइन ।
त्यसैले सहरमा नैतिकता र कानुनी शासन कमजोर बन्दै छ । समृद्ध,सभ्य र सुसंस्कृत सहर बनाउन सबैको भुमिका रहेको हुन्छ । सबै मिलेर सहर बनाउने हो । समय कसैको अनुकुल हुने होइन,हामी समयको अनुकुल भएर गतिशील समयको पदचाप पछ्याएर अगाडि बढ्नु पर्दछ । समाजको परिवर्तन सँगसँगै हाम्रा सम्बन्धका चरित्रमा पनि फेरबदल आउँछ । जसले अझ परिपक्क,सुदृढ समाज निर्माणमा सहयोग पुर्याउँछ । समाज परिवर्तनमा शिक्षाको भुमिकाले पनि समाजको सम्बन्धमा चाँडो फेरबदल ल्याएको हो ।
सहरमा जुन रुपमा संरचनाहरु अपाङ्गमैत्री,नागरिकमैत्री हुनुपर्ने हो तर छैन । यहाँका सडक एकपक्षिय जस्तो छ । मोटर चढ्नेहरुको मात्र सडक हो जस्तो गरेर बनाएको छ । साइकलमैत्री छैन । सडकमा हिड्ने मानिसका लागि पनि उपयुक्त छैन । त्यो असल संरचना भएन । विश्वमा भएको विकासको गतिको तुलनामा नेपालको विकास कमजोर मात्र होइन सहि रुपमा भएन । विकास ढिलो होस तर व्यवस्थित होस । समाजशास्त्रमा पनि विकासको गतिले फरक पार्दछ । मानिसको प्रतिव्यक्ति आयमा जोड दिनु पर्दछ । त्यसको लागि नेपालको योजनाविद्,अर्थशास्त्रीहरुले भद्दा अरुको नक्कल गर्न छोड्नु पर्दछ । यहाँको गरिबी,रोजगारी,लगानी,योजना निर्माण,खर्च क्षमता आदि आर्थिक समस्याहरु र तिनका समाधानका लागि तिनै साझा( फिट फर अल) ठानिएका उपाए लाद्ने प्रयास निरन्तर भयो । त्यसको असर अहिलेको गतिशील सहरको समाजशास्त्रमा समेत देखिएको छ ।
अतः गतिशील सहरको समाजशास्त्र छिटो छिटो नयाँ नयाँ सम्बन्धका स्वरुपमा परिवर्तन हुँदैे आएको छ । मानिस समाजमा बस्छन,एक्लाएक्लै बस्दैनन । एउटा व्यक्तिले अर्को व्यक्तिसँग सम्बन्ध राखेर बस्दछन् । यस्ता सम्बन्ध विभिन्न किसिमले संगठित हुन्छन । व्यक्ति,व्यक्तिविचका परिवार,परिवारविचमा पनि समाजमा सम्बन्ध हुन्छ । व्यापार,लेनदेन गर्नेविचको अर्को सम्बन्ध यस्तै सङ्गठित सम्बन्धहरुको स्वरुप र प्रक्रियाको अध्ययन गर्ने शास्त्रका रुपमा समाजशास्त्रलाई बुझ्नु पर्दछ ।
सम्बन्धहरुलाई लामो समयसम्म उहि,उस्तै किसिमका रहने हुन भने खासै नयाँ शास्त्र जन्म हुँदैन । मानव इतिहास एकैनासले चल्दो हो त हामी यो कुरा नै गदैनथ्यौ । सम्बन्धहरु परिवर्तनशील भएकाले शास्त्रको विकास भयो । जहिले देखि मानव धर्तीमा आयो ,त्यसपछि समयक्रमसँगै लगातार एक किसिमले तराईको खोलो बगेको जस्तो बगेको सोच्छौ । दुई चारचोटि समाज र सहर हिमालको छाँगो जस्तो तीव्ररुपले बगेकाले यसमा ठुलो परिवर्तन भएको छ । जे जस्ता परिवर्तनका आँधि,तुफान आउंछ । त्यसको पहिलो प्रहार सहरमा आउछ ।
आर्थिक, सामाजिक, शैक्षिक,राजनितिकको स्वरुप तथा संरचना उथलपुल ल्याउन आउछ । अहिले तीव्रगतिमा विकास र समृद्धिको परिवर्तन प्रचार छ । त्यो पनि सहरको गतिशील समाजशास्त्रमा नै पर्दछ । यसबाट मानिसको सम्बन्धको चरित्र,स्वरुप तथा सङ्गठनमा समेत प्रभाव पर्दछ । त्यसकारण पनि सहरको समाजशास्त्र निकै गतिशील रुपमा परिवर्तन भइरहेको छ । यसले मानिस मानिसविचको वर्गीय चरित्र,स्वरुप,जीवनशैली आदिमा व्यापक रुपान्तरण रहेको छ । यो सहरको गतिशील समाजशास्त्र हो । यसले राज्यको संरचनादेखि,विकासको स्वरुपसम्म परिवर्तन गर्न समेत प्रभाव पार्दछ ।
सन्दर्भ सामाग्रीहरु
-(मिश्र,चैतन्य (२०७५।१।२०) अन्नपुर्ण पोष्ट दैनिक बार्षिर्कोत्सव,सहरको समाजशास्त्र ।
-(वाग्ले,डा अच्युत(२०७५।९।१७) नयाँ पत्रिका दैनिक,अविकासका विशिष्ट अभ्यन्तर
-(मिश्र,चैतन्य, बदलिदो नेपाली समाज,पृष्ठ २१० २२५
-(राई,प्रकाश, नेपालमा समृद्धिको बहस,२०७५/२०७६ वर्ष २८,पुर्णाक१५,रजहाँस बानेश्वर क्याम्पस मुखपत्र
-(ढुङ्गेल,रमेश,सांस्कृतिक शक्तिको सेतु,कार्तिक अङ्क (२०७८ हिमाल मासिक
-(आचार्य,बलराम, विकासका दृष्टिकोणहरु,पृष्ट १ १५(विकास सामाजिक परिवर्तनको प्रक्रियाका रुपमा