Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
राहात बितरणमा एकद्धार प्रणाली अपनाउन निर्देशन

काठमाण्डौं - सरकारले राहात बितरण गर्दा एकद्धार प्रणाली अबलम्बन गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । सरकारले असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, विपन्न तथा असहायहरुलाई दिईने राहातमा दोहोरोपना आउन नदिन निर्देशन दिएको हो ।

उनीहरुलाई स्थानीय तहबाट राहात उपलव्ध गराउने कार्य सुरु भएको भन्दै सरकारले बिभिन्न व्यक्ति, संघ संस्था, सरकारी तथा गैरसरकारी निकाय लगायतबाट बितरण गराईने सम्पूर्ण राहत स्थानीय तहमा जम्मा गर्न भनेको छ ।

कोरोना भाईरस (कोभिड १९) बाट उत्पन्न प्रतिकुल परिस्थितिबाट प्रभावित असंगठित क्षेत्रका श्रमिक, विपन्न तथा असहायहरुलाई एकद्धार प्रणालीबाट मात्रै राहात बितरणको ब्यवस्था मिलाउन र त्यसको दैनिक प्रतिवेदन पेश गर्न पत्राचार गरिएको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव ऋषिराज आचार्यले जानकारी दिए ।

https://mofaga.gov.np/uploads/notices/Notices-20200403141803551.PDF

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update