चरिकोट – नेकपा एमाले कालिञ्चोक र विगु गाउँपालिकामा नयाँ नेतृत्व निर्वाचित भएका छन् । कालिञ्चोक गाउँपालिकामा ईश्वरी दाहाल र विगु गाउँपालिकामा टेकमान तामाङको अध्यक्षतामा ७५/७५ सदस्यीय गाउँपालिका स्तरिय नयाँ कमिटी निर्वाचित भएको हो ।
जस अनुसार कालिञ्चोक गाउँपालिकाको उपाध्यक्षमा निशान बुढाथोकी, सचिवमा होम थामी र उपसचिवहरुमा क्रमशः भोलाराज बस्नेत र तारामाया थामी निर्वाचित भएका छन् । यसैगरी विगु गाँउपालिकाको उपाध्यक्षमा कृष्ण कुमारी थामी, सचिवमा लोक बहादुर नेपाली र उपसचिवहरुमा रामशरण खड्का र तेजनारायण श्रेष्ठ चयन भएका छन् । जिल्लाको उत्तरी क्षेत्रको व्यापारिक केन्द्र सिंगटीमा आयोजित कार्यक्रममा निर्वाचित दुई गाउँकमिटीको घोषणा गरिएको छ ।
उक्त कार्यक्रममा गौरीशंकर गाउँपालिकाको नवनिर्वाचित कार्यसमितिको नाम पनि घोषणा गरिएको थियो । उनीहरुको सपथ ग्रहण कार्यक्रम भने पछि हुने बताईएको छ ।