चरिकोट – दोलखाको तीन वटा स्थानीय तहमा नेकपा एमालेले सर्बसम्म रुपमा नयाँ नेतृत्व चयन गरेको छ । बधुवारसम्म सम्पन्न एक नगरपालिका र दुई गाउँपालिकाको अधिवेशनबाट ७५ सदस्यीय सिंगो कमिटी सर्बसम्मत रुपमा निर्वाचित भएका हुन् ।
जसअनुसार गौरीशंकर गाउँपालिकाको अध्यक्षमा जंग गुरुङको नेतृत्वमा सर्बसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा मिंगुर शेर्पा, सचिवमा देवराम बुढाथोकी र सहसचिवमा क्रमशः टिका खत्री केसी र प्रकाश कार्की रहेका छन् ।
यसैगरी जिरी नगरपालिकाको अधिवेशनले केशव कुमार कार्कीको अध्यक्षतामा ७५ सदस्यीय नयाँ नगर कमिटी निर्वाचित गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा मिंमा शेर्पा, सचिवमा भुपेन्द्रराज सुनुवार, सहसचिवमा पदेमान जिरेल र कृष्णकुमारी तामाङ चयन भएका छन् ।
यस्तै एमाले मेलुङ गाउँपालिकाको बुधवार सम्पन्न अधिवेशनबाट अध्यक्षमा अम्विका गोले सर्बसम्मत रुपमा निर्वाचित भएका छन् । ललित बहादुर बस्नेत उपाध्यक्ष, नवराज खड्का सचिव, शोभा पोखरेल र भीम बहादुर मगरले सहसचिवको जिम्मेवारी पाएका छन् ।
मुलुक संघीय संरचनामा गएपछि भएको पहिलो अधिवेशनबाट उनीहरु निर्वाचित भएका हुन् । एमालेको विधान अनुसार स्थानीय तहमा ५ पदाधिकारी सहित ७५ सदस्यीय कमिटी हुने व्यवस्था छ । दोलखाको ९ स्थानीय तहमध्ये बाँकी ६ वटाको पनि यही कात्तिक १५ गतेभित्र अधिवेशन सम्पन्न गरिसक्ने एमाले दोलखाले जनाएको छ । नवनिर्वाचित कमिटीले आगामी ३ वर्षसम्म कार्यभार सम्हाल्नेछ ।