Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
संकटपुर्ण जैविक विविधता र मौलिक संस्कृति संरक्षणमा युवाको भुमिका

-सन्दिप पौडेल

हाम्रो देश नेपाल जैविक , मौलिक सांस्कृतिक विविधताले भरिपूर्ण देश रहेको छ। भुगोल अनुपम प्रतेक स्थान को आ-आफ्नै विशेषता रहेको छ। विश्वमै जलस्रोतमा दोस्रो धनि राष्ट्र हाम्रो देशका प्रतेक क्षेत्रमा पानीको मुहान भेटिन्छन। यिनै पानीको मुहानलाई उपयोग गर्दै हाम्रा कर्मठ, सिर्जनशील पुर्खाहरुका हातबाट निर्मित कुवा, पधेरा, ढुङ्गे धारा हाम्रो लागि छोडेर गएका छन्। तर संवृद्धिको नाममा आएको झिल्के विकास नितिले यिनको अस्तित्व संकटमा पर्दै गएको आभाष मिल्दछ।

देशमा सम्वृद्धिको चर्चा छ। बिकास भनेकै सडक सन्जाल पुग्नु हो भन्ने कठित भ्रम नेपाली जनता साथै जिम्मेवार जनप्रतिनिधिमा रहेको छ। यहि भ्रमलाई अनुसरण गर्दै डोजर नचलेका स्थानिय तह विरलै भेटिन्छन्। गाउँमा डोजर पुगेपछि चिप्लो बाटोमा खुट्टा कमाउँदै भारी बोकेर हिड्नु नपर्ने, घरदैलो बाटनै मोटर चढेर स्वास्थ्य-उपचारको निम्ति सहर पुगिने सपना गाँउलेले देख्नु स्वभाविक हो तर मापदण्ड र रेखाङ्कन गर्ने प्राविधिकको व्यवस्था होस नहोस् केवल एक डोजर चालकले हेरेकै भरमा खेत, बारी, डाँडा काँडा, हराभरा बनजँगल मास्दै डोजर चलाउनु पक्कै पनि असान्दर्भिक देखिन्छ।

विकासमा नाममा आएका यिनै सडकसँजालले प्राय ठाउँमा बेथिति बढाएको छ। पानीको मुहान सुक्दै गएका छन्। खेतियोग्य जमीन मासिदै गएको छ। बनजँगल विनास हुदै गएको छ। पुराना पुरातात्विक संरचनाहरू मेटिदै गएका छन्। कुवा, पधेरो र ढुङ्गे धाराहरूको अस्तित्व नै लोप हुदै गएको छ। कतिपय ठाउँमा बाढी, पहिरोले सदियौं देखि बसोबास रहेका जनताको उठिवास भएको घटनाहरू प्रशस्त सुनिदै र देख्दै आइरहेको छौं। यसरी विना प्राविधिक खनिएका सडकले सहर सम्मको सडकसंजालमा त पक्कै जोडिदिएको छ तर यसले पुर्याएको छति, भवितव्य घटनाको कार्ययोजना साथै खनिएका सडकको उचित मर्मत सम्भार गरिएको पाईदैन।

एकातर्फ पानीको मुहान नास, वनजङ्गल, खेतियोग्य जमीन बिनास, कुवा, ढुङ्गेधारा,पधेरोको अस्तित्व माथि संकट र अर्को तर्फ बाढीपहिरोको खतरालाई मध्यनजर गर्दै बिकास योजना अगाडि बढाउनु जिम्मेवार जनप्रतिनिधिको कर्तव्य हो। ग्रामिण सडक लाई आधुनिक बनाउने उपेक्षा नगरियोस् अन्यथा विकास संग संगै विनाश पनि निम्तिन सक्ने हुँदा विकासमा रमाएका तिनै नागरिकलाई त्यहि विकास अभिसाप बन्ने गर्दछ।

८ पौवा, ठाँटी, चौतारा, धार्मिक तथा बैगयानिक हिसाबले वर-पिपलको महत्व र यसका फाइदाहरु अनेकन रहेका छन्। बिभिन्न किसिमका रोगको उपचारमा प्रयोग र अक्सिजनको प्रचुर मात्रा रहेको वर, पिपल साथै यिनैको छत्रछाँयामा निर्मित चौताराको संरक्षण र संवद्र्धन बारेमा कुनै कार्ययोजना बनेको पाईदैन। प्रायः बटुवा तथा घर-गाउँमा भारी बोकेर हिड्दा थकाई मारने  गफगाफ गर्ने अभिप्रायले पुर्खजको सम्झनामा निर्मित पाटी,पौवा चौतारीले विशेष महत्व बोकेको छ।

समाजमा आफन्तको स्वर्गाहरण पश्चात निर्माण गरिने यस किसिमका भौतिक संरचना र वृक्षारोपणले आफन्तको स्मृति भइरहने र बटुवा आएर भारी बिसाँइ आराम गरेमा मृतकको आत्मालाई शान्ति मिल्ने साथै स्मरण रहने जनविश्वास बोकेको छ।  तर संवृद्धिको नाममा आएको विकासनितिले यसको अस्तित्व संकटमा परेको छ। सार्वजनिक स्थानमा निर्मित यस्ता पाटी पौवा चौताराको संरक्षण र उचित मर्मत सम्भार गरिएको भेटिदैन। सार्वजनिक सम्पत्तिको मुल्यांकन, सम्बर्धन र संरक्षण गर्नु तपाई हाम्रो दायित्व हो।

-लिङ्गे पिङ, लङगुरबुर्जा, कौडा

चाडपर्व विशेष वर्षको एकपटक जमिन छोडेमा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिकमान्यता अनुसार पिङँ खेल्ने प्रचलन रहेतापनि केही वर्ष यता पिङँ देख्न पनि मुस्किल पर्दछ।  विगतमा ठाउँ ठाउँमा भेटिने यस किसिमका पिङँहरु केहि वर्ष यता युवापुस्ता आधुनिक मनोरञ्जनमा लिप्त बन्नु र गाउँघरमा जनशक्ति, उचित साधनस्रोतको कमि भएकाले यसको महत्व हराउँदै गएको छ। आधुनिकता सँगै भित्रीएका केहि विकृतिले नयाँ पुस्ताबाट पिङँको महत्वलाई छाँयामा पार्दै आएको पुष्टि गर्दछ। साथै घरगाउँमा खेलिने लङगुरबुर्जा, कौडा खेललाई कानुनी रुपमा अवैधानिक बनाएसँगै यसको महत्व लोप भएको छ। समयमानै यस किसिमका खेलहरूको जगेर्ना नगरिए भावी पुस्ताको निम्ति एकादेशको कथा मात्रमा सिमित रहनेछन्।

-भजनकीर्तन, खैँजडी मुजुरा :

कसैको घरमा सत्य नारायणको पूजा लगाईएको होस् अथवा स्वस्थानी ब्रतकथा आरम्भ गरिएको सबै जना भेला भएर खैँजडी र मुजुराको तालमा भजनकीर्तन गर्ने परम्परा अहिले सायदै गरिदैन। आधुनिकताको नाममा भित्रिएको विदेशी रहनसहन र फेसनले हाम्रो आफ्नो मौलिक संस्कृतिलाई ओझेलमा पारेको छ।

-आधुनिकताको ओझेल 
बढ्दो बेरोजगारी समस्या,सहरीकरण र जनशक्तिको अभाव  यस्तै कारणहरुले गर्दा केहि वर्ष यता देखि हाम्रा जैविक, मौलिक सांस्कृतिक पहिचान हराउदै गएको छ। देशमा फलदायी रोजगारीको अवसर सिर्जना गर्ने सरकारको कार्यक्रमिक योजना बन्न नसक्दा प्रतेक दिन युवाहरु विदेश पलायन हुने क्रम बढ्दो छ। साथै आधुनिक सुखसुविधाको हठले सहरिकरण हुने जमात पनि ठूलै छ। चाँहे उच्च शिक्षा हासिल गर्ने सोचमा होस्, चाँहे रोजगारी प्राप्त गर्ने चाहना दिनप्रतिदिन गाउँ छोडेर सहर जाने परिपाटी बढदै गइरहेको छ। जसले गर्दा गाउँ घर शुन्य नै रहेका छन्। केवल चाडपर्वको समयमा केहि दिन मात्रै गाउँ फर्किने र सहरिया संस्कृति अनुसरण गर्दै  चाडपर्वलाई भड्किलो बनाउँदै लैजानुले हाम्रा संस्कृति रितिरिवाज माथि प्रहार गरिरहेको प्रष्ट देखिन्छ।
-संरक्षणमा युवाको भुमिका 

वैज्ञानिक युगमा हरेक मानिस आधुनिकता तर्फ जान चाहन्छन् र समाज विकास तर्फ लम्किन चाहन्छन तर भौतिक र आर्थिक विकास तर्फ मोडिन हामी कति सक्षम छौ त भन्ने पक्ष अन्यौलमै छ। हाम्रा सामाजिक र मौलिक सांस्कृतिक सम्पतिको कसरी व्यवस्थापन गरि आधुनिकता तर्फ अगाडी बढ्ने, यो अहिलेको सर्वत्र चासोको विषय बनेको छ।

प्रायः राजनितिक पार्टीको घोषणापत्र फरक भए तापनि राष्ट्रिय एजेन्डाहरुलाई उनिहरुले लगभग उस्तै किसिमबाट सम्बोधन गरेका छन्। देशभरि हजारौ प्रतिनिधि निर्वाचित भएका छन् र अझै हुन बाँकी छ। तथापि हरेक समाजको विकास  त्यहाँका प्राकृतिक र सांस्कृतिक स्रोतलाई कसरी व्यवस्थापन गर्न सकिन्छ? त्यस्तै संवेदना, समानता र अधिकारको विषयमा अति आवश्यक कुरालाई कसरी लिइएको हुन्छ त्यो पनि महत्वको विषय बनेको छ। हरेक बस्ती  चाँहे त्यो स्याङ्जाको एक ग्रामिण भेग होस चाँहे राजधानीको एक जिल्ला नै कहिँ न कहिँ आधुनिकता तर्फ बढेको आभाष मिल्दछ।

प्राकृतिक स्रोतको दिगो विकास सँगै बस्ती विकास योजना, मापदण्ड वातावरणमैत्री बनाउन र मौलिक सांस्कृतिक पहिचानको रक्षार्थ नवनिर्वाचित जनप्रतिनिधिले जोड दिनु आवश्यक ठहदर्छूू।

यस अर्थमा कि त्यहाँको मौलिक चिजहरुको परिवर्तनलाई हामीले आधुनिकताको परिचय दिएका छौं तर यो पर्यावरणीय भाषामा भन्नुपर्दा गलत तरिकाबाट गइरहेको छ। त्यहाँका मौलिक चिजहरुको हास भइरहेको हामीले प्रतक्ष्य रुपमा देखिरहेकै छौ। प्राकृतिक स्रोतको अनियन्त्रित दोहन, कच्ची सडक विस्तारले माटोको भुक्षय वृद्धि, प्याकेट वाला खाध्यान्न, विदेशी कच्चा पदार्थ र कपडाको आयात, आधुनिकताको नाममा बनाइएको मापदण्ड विपरित घर निर्माण आदि देख्न सकिन्छ। त्यति मात्रै होइन पोलिथिन प्रयोग, रक्सिको बोत्तल लगायत निकै असभ्य देखिने बाटो घाटो, खोल्सा खोल्सी र पानीको मुहान दुषित भेटिन्छन्।

यि कुराहरुको चेतना हामी आममानिसमा आधुनिकतासँगै घटदै गएको पाइन्छ। यसको उचित संरक्षण कसरी गर्ने भन्ने बिषयमा कसैको पनि ध्यान पुगेको देखिँदैन। यो अहिलेको मानव सभ्यताको गम्भीर विषय हो। एकातिर हामी यहाँका प्राकृतिक स्रोत सँगै सांस्कृतिक पक्षलाई कमजोर बनाईरहेका छौं भने अर्को तर्फ देशमा बढदै गहिरहेको बेरोजगार र राजनीतिक अस्थिरताका कारण विदेशिन बाध्य ६०लाख युवालाई थप विदेशीन उत्तपेरित गर्दै छौं।

३ दशक देखिको अस्थिर राजनीतिका कारण थप युवा विदेशिन बाध्य छन्। राष्ट्रको हितमा काम गर्ने युवाहरुको सोच र खुसी विदेशी भुमिमा पसिना सँगै बिलिन भएको स्थिति छ। युवाहरुलाई सिप सिकाउनु भनेको प्रविधि र शक्तिले सम्पन्न बनाउनु हो। जव हाम्रा युवाहरु सिप र श्रममा बाँच्न सक्ने व्यवसायिक जनशक्ति तयार हुन्छन, तवमात्र देश आत्मनिर्भर बन्न सक्दछ। दक्ष जनशक्ति र श्रम सस्कृति भनेको राष्ट्रले सिप र प्रबिधि सिकाउने विषयलाई उच्च प्रथामिकतामा राखेको बुझ्नु पर्दछ। राजनितिक पार्टीहरुले बेरोजगार युवाहरुलाई पार्टीको झण्डा बोकाएर विभिन्न प्रलोभनमा निर्वाचन प्रचारप्रसारमा हिडाएका छन्।

युवाहरुलाई उधमशिल, सिर्जनशील हौसला प्रदान गर्ने प्रवृत्ति विकास हुन सकेको छैन। किनकी यहाँ सबै कुरा राजनीतिक संरक्षणलाई मात्र अवसर दिने प्रवृत्ति हावी भएको छ। त्यसैले पनि हाम्रा युवा पुस्ता पार्टीको झण्डा बोक्न बाध्य छन्। यहि समयमा उनिहरुलाई अवसर र रोजगारी सुनिश्चित गरिदिएर काम गर्न सक्ने वातावरण निर्माण गर्न तर्फ लाग्ने हो भने देशले काँचुली नफेर्ला भन्न सकिदैंन। विकसित देशहरुले प्रशस्त मात्रामा रोजगारीको सिर्जना गरेका छन्। तर हाम्रा युवा रोजगारको खोजीमा विदेशिन बाध्य, विदेशी भुमिमा अलपत्र र श्रम शोषणमा परेका छन्। जबसम्म युवाहरुलाई सिप र सिर्जनशील बनाएर स्वदेशमै रहने  हौसला प्रदान गर्न सक्दैनौ तबसम्म हामी आर्थिक र सामाजिक रुपमा थप संकटमा परिनैरहनेछौँ।

देशमा भएका दक्ष जनशक्तिको सीप र क्षमताबाट माटो र हावापानीको व्यवसायीकरण गर्दै जैविक विविधताको अध्ययन र अनुसन्धान गर्नु आवश्यक छ। स्थानीय निर्वाचन परिणामले यि कुराहरुलाई प्रथामिकता दिनु अति आवश्यक रहेको छ। भाषड र लेखमा मात्र होइन व्यवहारिक रुपमा यि कुराहरुको गहन अनुसरण गर्न सक्नुपर्दछ। यसको लागि दृढ इच्छाशक्ति सँगै सामाजिक रुपान्तरणको अवधारणालाई व्यवहारमा ल्याउन सक्नु पर्दछ।

देशको सबैभन्दा ठूलो शक्ति भनेको युवा हो। राजनितिक पार्टी तथा निर्वाचन उठ्ने प्रतिनिधिले युवाहरुलाई निर्वाचनमा झण्डा बोकाउने मात्र नभई निर्वाचनको उद्देश्य र महत्वको विषयमा पनि प्रष्ट पार्नु पर्दछ। आधुनिकताको नाममा समाजका मौलिक र सांस्कृतिक पक्ष र सम्पदाहरूको संरक्षणमा जोड दिनुपर्दछ। प्राकृतिक स्रोतको जगेर्ना र संरक्षणमा समुदायहरू बिचमा मितव्ययिता बनाउदै स्वच्छ र सुन्दर  समाजको परिकल्पना सुनिश्चित गर्ने दायित्व पनि युवाहरुको काँधमा आएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update