Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कास्कीका एक व्यक्तिको स्वाब काठमाण्डौंमा पुन परीक्षण हुँदै

पोखरा - स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा एक व्यक्तिको पोजेटिभ रिपोर्ट आएको छ । र, उनको थ्रोट स्वाब पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

पोखरा कास्कीमा कोरोना संक्रमण भनिएका व्यक्तिको स्वाब थप परीक्षणका लागि काठमाण्डौँ पठाईएको छ । हालै स्थापना गरिएको प्रयोगशालामा भारतबाट फर्किएका एक व्यक्तिको परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको थियो ।

प्रारम्भिक रिपोर्टमा कोरोना पोजेटिभ देखिएपनि प्रयोगशाला नयाँ भएकाले थप पुष्टि गर्न काठमाण्डौं स्थित टेकु प्रयोगशाला पठाईएको गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले बताए । विदेशबाट आएका ६ नेपालीहरुमा यसअघि नै कोरोना भाईरसको संक्रमण पुष्टि भैसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update