Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सार्वजानिक यातायातमा यात्रुहरुमाथि चरम ठगी, सरकार मुकदर्शक

काठमाण्डौं - यातायात व्यवसायीले यात्रुहरुबाट मनपरी भाडा असुल गरिरहेपनि सरकार मुकदर्शक बनेको छ । यातायात व्यवसायीको माग अनुसार सरकारले भाडावृद्धि गरेपनि व्यवसायीहरुले मनोमानी ढंगले भाडा असुल गरिरहेका छन् । सर्बसाधरणमाथि चरम ठगी भैरहेपनि सम्बन्धित निकायले नियन्त्रणतर्फक चासो दिएको छैन । उपत्यकासहित बागमती प्रदेशको अन्तरजिल्ला यातायातमा तोकिएको भन्दा झण्डै दोब्बरसम्म भाडा तिर्न यात्रुहरु बाध्य छन् । 

सरकारले असार २९ गतेदेखि लागू हुनेगरी अन्तरप्रदेश राजमार्गमा चल्ने सार्वजनिक यातायात भाडा २८ प्रतिशतले वृद्धि गरेको थियो । 

लामो दुरीसँगै स्थानीय रुटमा समेत यातायात व्यवसायीले यात्रुहरूलाई खुलेआम ठगिरहेको पाईएको छ । काठमाण्डौंदेखि दोलखा चरिकोटसम्म पुग्ने यात्रुहरुबाट व्यवसायीहरुले ८ सय देखि एक हजार रुपैयाँसम्म भाडा असुल गर्ने गरेका छन् ।भीमेश्वर नगरपालिका २ का शिवजी प्रधानले दोलखाबाट काठमाण्डौं पुगेको भाडा दुई हजारसम्म तिर्नुपरेको गुनासो गरे । २८ प्रतिशत भाडा बढ्नुअघि दोलखा सदरमुकाम चरिकोटदेखि काठमाण्डौंसम्मको भाडा ३६० रुपैयाँ थियो । 

टिकट काउन्टरबाट यात्रुहरुलाई टिकट समेत दिईदैन । छोटो दूरीमा यात्रुमाथि यातायात व्यवसायीले गरिरहेको ठगी झनै कहालीलाग्दो छ । सार्वजनिक यातायात चढ्दा यात्रुहरू हरेकपटक ठगिने गरेका छन् ।

बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाभित्र ५ किलोमिटरसम्मको दुरीमा १८ रुपैयाँ, १० किलोमिटरसम्मको दुरीमा २३ रुपैयाँ, १५ किलोमिटरसम्ममा २७ रुपैयाँ र २० किलोमिटसम्म दुरीमा ३० रुपैयाँ भाडादर तोकेको छ । २० किलोमिटरभन्दा बढी दूरीसम्म यात्रा गर्नेले अधिकतम ३५ रुपैयाँ भाडा तोकेको छ ।

अहिले उपत्यकाभित्र २० किलोमिटरभन्दा लामो दुरी यात्रा गर्ने यात्रुबाट ५० रुपैयाँसम्म असुलिरहेका छन् । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाभित्र ५ किलोमिटरसम्मको दुरीमा १८ रुपैयाँ, १० किलोमिटरसम्मको दुरीमा २३ रुपैयाँ, १५ किलोमिटरसम्ममा २७ रुपैयाँ र २० किलोमिटसम्म दुरीमा ३० रुपैयाँ भाडादर तोकेको छ । २० किलोमिटरभन्दा बढी दूरीसम्म यात्रा गर्नेले अधिकतम ३५ रुपैयाँ भाडा तोकेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update