दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला
काठमाडौँ - दसैंका लागि लामो दूरीका यातायातको अग्रिम टिकट बुकिङ सोमवारदेखि खुलेको छ । टिकट बुकिङ खुलेपछि दसैंमा घर जानेहरू टिकट बुकिङका लागि बसपार्कहरुमा पुगेका छन् । अग्रिम टिकट बुकिङका लागि उपत्यकाका विभिन्न १४ स्थानमा हेल्प डेस्क स्थापना गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका अनुसार १४ स्थानबाट टिकट लिन र यात्रु छुट्ने व्यवस्था गरिएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नाडा (नाडा) सामुदायिक प्रहरी, ट्राफिक प्रहरी, विभागसहितको हेल्प डेस्क संचालनमा रहेका छन् ।
यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिए तत्कालै कारबाही गरिने विभागका अधिकारीहरुले दावी गरेका छन् । यात्रुको चापलाई मध्यनजर गर्दै अनलाइन टिकट बुकिङको पनि व्यवस्था मिलाइएको यातायात व्यवसायीले जनाएका छन् ।
प्रकाशित मिति: सोमबार, असोज ११, २०७८ ०९:४६
प्रतिक्रिया दिनुहोस्