Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
डा. वावुराम भट्टराईलाई आप्रबासी श्रमिकको खुल्ला-पत्र 

-सन्दिप पौडेल

डा. बाबुराम भट्टराई ज्यु, नमस्कार
आराम छु, आरामै चाहन्छु ।
विषय :
तपाईंकै शब्द सापटी लिएर देशलाई सिङ्गापुर बनाउने मन छ भने एम.सी.सी. परियोजना संसदबाट पास हुनुपर्दछ, नत्र भने देश गरिवनै रहनेछ । बिना कुनै उक्साहट, बिना कुनै स्वार्थ, बिना कसैको सुझाव । बस केवल देशप्रेमि भावना मात्र । उमेरमा तपाई मेरो पिताजी सरह । तपाईको अध्ययन, भोगाई, अनुभव र योगदानको अगाडि म त केवल एक अबुझ बच्चा । केवल केहि समय सिङ्गापुर रहेर त्यस देशको बारेमा थोरै वस्तुगत अध्ययन गर्ने मौका मिलेकोले मात्र तपाई समक्ष प्रस्तुत हुने कौतुहलता जागेर आज यो खुलापत्र लेख्दैछु । 

सिङ्गापुर एक दक्षिण (पुर्वी एशियाली देश हो । यो विश्वको सबैभन्दा सानो देश मध्ये एक पर्दछ । जसको मानव विकास सुचाङक बिश्वमै नवौं नम्बरमा पर्दछ । (०.९०१) धेरै उच्च !
स्थापना :२९ जनवरी १८१९
स्वशासन : ३ जुन १९५९
युनाइटेड किंगडम बाट स्वतन्त्रता : ३१ अगस्ट १९६३
मलेसियामा विलय : १६ सेप्टेम्बर १९६३
मलेसिया बाट अलग : ९ अगष्ट १९६५
सरकार : संसदीय गणराज्य
व्यवस्थापिका संसद।
एम.सि. सि. परियोजना :
अमेरिकी लगानी एम.सि.सि. परियोजना अन्तर्गतको सहयोग रकम Around ५९ _ ६३ अर्ब नेपाली रुपैयाँ। आयोजना अन्तर्गत पर्नेस् विधुत प्रसारण लाइन र नयाँ प्रविधिमा आधारित सडक निर्माण। यो आयोजना अन्तर्गत ४ सय केभि छमताको ३ सय १५ किलोमिटर लामो विधुत प्रसारण लाइन निर्माण गर्ने भनिएको छ। साथै सडक विस्तार कार्य अन्तरगत दाङको भालुवाङ देखि बाँकेको शिवखोलासम्मको ७७ किलोमिटर लामो सडक नयाँ प्रविधिमा आधारित रहेर निमार्ण गरिने भनिएको छ जसको चौडाई १४ मिटर हुनेछ।

अब तपाईं समक्ष एउटा प्रश्नस् एउटा विधुत प्रसारण लाइन निर्माण र ७७ किलोमिटर सडक निर्माण गर्दैमा देश धनि कसरी बन्यो,बन्ला ? तपाईं बाट उत्तर पाउने प्रतिक्षामा रहनेछु, आशावादी रहेको छु। हो पक्कै पनि जति धेरै उत्पादन गरेर निर्यात गर्न सक्यो, त्यसले देशको आर्थिक स्तर उकास्न ठुलो टेवा पुर्याउदछ। तर धनि बन्ने आकांक्षा पूरा गर्न राष्ट्रलाई ऋणी बनाएर माटोलाई दाउमा राख्नु दुर्भाग्यपूर्ण हुनेछ। अहिलेको परिस्थितिमा देशलाई खाँचो के रहेको छ? काम कुरो एकातिर, कुम्लो बोकी ठिमी तिर भनेजस्तै रोग, भोक, र प्रकृतिक विपत्तिले थिलोथिलो बनाएर नागरिक छटपटिएको समयमा तपाईं जस्तो एक आशाबादी व्यक्तित्व बाट यस किसिमका वक्तव्य बाजी बाहिर आउनु पक्कै पनि स्विकार्य, स्वागतयोग्य रहने छैन।

म धेरै लामो जानु चाहिँन, तत्काल को आवश्यकता नेपालको निमित्त ५९ अर्ब रुपैयाँ हो यदि भने सहयोग माग्नुस् नेपाली जनता माझ, हारगुहार गर्नुहोस्, शरणमा पार्नुहोस आफ्नै नागरिक समक्ष एक हप्ता भित्रमा उल्लेखीत रकम जुटाउने जिम्मा हामीलाई छोडिदिनुहोस्। होइन भने राष्ट्रघाती सम्झौतामा वेतुकी समर्थन जनाउँदै नेपाल आमाको छातीमा बजर प्रहार गर्ने दुशसाहस कृपया नगर्नु, मेरो अनुरोध !


रहयो कुरा सिङ्गापुरको, यदि तपाई लाई सिङ्गापुर देशको कुनै पनि बिषयमा जानकारी राख्ने मनशाय रहेमा ! मैले बुझेको सिङ्गापुरू तपाईलाई बाँड्ने सौभाग्य प्राप्त गरेको सम्झने छु। plz feel free to contact with me anytime.
नागरिकको आवाज, विचार, धारणा, सिप, अनुभव र योगदानको पक्कै पनि स्विकार, स्वागत गर्नुहुनेछ भन्ने कुरामा आशा राख्दै समयले साथ दिएमा र तपाईको चाहना रहेमा कुनै दिन हाम्रो भेट रहोस्। मलाई आफ्नो यथार्थित अनुभव तपाई समक्ष पस्किने जमर्को मिलोस्। सायद मेरो बुझाईनै पनि त गलत हुनसक्छ।
गल्तीमा सधैं सजायको भागिदारी बनेको छुँ, बन्ने नै छुँ। धन्यवाद !
श्रम खर्चेर स्वाभिमान रक्षार्थ आप्रवासी श्रमिक :  यु.ए.ई. !

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update