काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अबरोधकाबीच सरकारले प्रतिस्थापन विधेयक मार्फत बजेट ल्याएको छ । अघिल्लो सरकारले ल्याएको बजेटको आकार घटाउँदै अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।
नेकपा एमालेका सांसदको चर्को नारावाजी र अवरोधका बीच सभामुख अग्नी सापकोटाले अर्थमन्त्री शर्मालाई बजेट प्रस्तुत गर्ने अनुमति दिएका थिए । यसअघि प्रस्तुत गरिएको बजेटको तुलनामा १६ अर्ब ७४ करोड रूपैयाँले बजेटको आकार घटाइएको छ । यसअघि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो ।
कुल विनियोजनमध्ये संघको चालु खर्च ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात ४१.४२ प्रतिशत , पुँजीगत तर्फ ३ खर्ब ७८ अर्ब १० करोड रूपैयाँ अर्थात २३.१६ प्रतिशत अर्थात र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११.६ प्रतिशत र प्रदेश र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरण मार्फत ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३.७२ प्रतिशत बजेट छुट्याइएको छ ।
हेर्नुस् बजेटको पूर्णपाठस् :