चरिकोट - खाना पकाउने ग्याँसको अभाव झेलिरहेका उपभोक्ताहरुलाई विभिन्न ग्याँस उद्योगहरु मार्फत शुक्रबार पनि देशैभर ग्याँस वितरण कार्य जारी राखिने भएको छ । नेपाल आयल निगमका अनुसार काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा अभाव झेलिरहेका उपभोक्ताहरुलाई वितरण गरिनेछ ।
शुक्रबार काठमाडौं उपत्यकामा मात्रै २२ वटा डिपोमार्फत दुई हजार ४० सिलिण्डर ग्याँस वितरण गर्दैछ । उपत्यकासहितका विभिन्न जिल्लाका छ वटा डिलरमार्फत दुई हजार पाँच हजार ७९ सिलिण्डर एचपी ग्याँस पनि शुक्रबार वितरण हुने निगमले जनाएको छ । एलपी ग्याँस नपाए सम्पर्क गर्न निगमले उपभोक्ताहरुलाई आग्रह गरेको छ ।
निगमले जनाए अनुसार दोलखाको दुई स्थानबाट शुक्रवार एलपी ग्यास वितरण गरिनेछ । भिमेश्वर नगरपालिका ३ को चरिकोट र जिरी नगरपालिका ५ बाट अभाव झेलिरहेका उपभोक्ताहरुलाई ग्यास बितरण गर्न लागिएको हो । युनिक जनरलले चरिकोटबाट र तेजस्वी ईन्टरप्राईजेजले जिरीबाट ग्यास बितरण गर्ने जिम्मा लिएका छन् ।
युनिकले ३ सय ७८ र तेजस्वीले ३ सय सिलिण्डर ग्यास उपभोक्ताहरुलाई बितरण गर्नेछन् । युनिक जनरल सप्लायर्सका संचालक वलराम खतिवडाले चरिकोटमा हालसम्म ग्यासको अभाव नदेखिएको भन्दै अभाव भएको पाईए त्यस्ता उपभोक्ताहरुलाई तत्काल उपलव्ध गराईने बताए ।
सम्पर्क नम्बरहरु
हटलाइन : ११४६
टोलफ्री : १६६००११००२८
अन्य नम्बरहरु
९८५१२७३४७९
९८५१२७३४३१
९८५१२७३२६९
दोलखाका लागि सम्पर्क :
चरिकोट ९८५४०४५१९७
जिरी ९८५११८७०४६
शुक्रबार ग्याँस वितरण हुने डिपो र सम्पर्क नम्बरहरु :
शुक्रबार ग्याँस वितरण हुने डिपो र सम्पर्क नम्बरहरु :