Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा कृषि बैंकको ७ करोड लगानी अझै जोखिममा

माघ ६, दोलखा । कृषि विकास बैंकले दोलखामा लगानी गरेको ७ करोड भन्दा बढि लगानी जोखिममा परेको छ । बंैकले आफ्नो प्राथमिकता भन्दा बाहिरको सेवा क्षेत्रमा लगानी गरेको ७ करोड २० लाख रुपैयाँ बरावरको कर्जा उठ्न नसकेको हो । बैंकले व्यापार व्यवसाय, घर, अस्पताल, साना उद्योगमा लगानी गरेको ठुलो रकम हदम्याद गुज्रेको लामो समयसम्म उठ्न सकेको छैन ।

कृषि विकास बैंक चरिकोट शाखाका म्यानेजर सुर्य अधिकारीले कुल कर्जा प्रबाहको २० प्रतिशत रकम खराब कर्जाको रुपमा रहेको जानकारी दिए । खराव कर्जा ५ देखि ७ बर्षसम्मका पुराना छन् । अधिकारीका अनुसार १० लाख देखि १ करोड २० लाख सम्म कर्जा लैजाने ऋणीहरुले रकम चुक्ता नगर्दा बैंक नै समस्यामा परेको छ । बैंकले पटक पटक ताकेता गरेर कालोसुचीमा नाम प्रकाशन गर्दा पनि ऋणीहरु रकम चुक्ता गर्न नआएको उनले बताए ।
धेरै पटक पत्राचार गर्यौँ, कालोसुचीमा समेत नाम सार्वजानिक गरिसक्यौँ तर उहाँहरु अहिलेसम्म ऋण चुक्ता गर्न तयार हुनुभएको छैन, हामी फेरी ३५ दिने सूचना जारी गर्ने तयारीमा छाँै, त्यत्ति गर्दा पनि नभए कानुन बमोजिम अघि बढ्छाँै, म्यानेजर अधिकारीले भने । बैंकले १० लाख भन्दा माथिका खराव ऋणीहरुको नाम पुन कालोसूचीमा प्रकाशन गर्ने तयारी गरेको छ ।
खराव कर्जा २० प्रतिशतसम्म पुगेपछि बैंकले उक्त क्षेत्रमा लगानी रोकिदिएको छ । खराव कर्जा ३ प्रतिशतमा नझरेसम्म यो क्षेत्रमा बन्द रहने बैंकले जनाएको छ । कृषि र पर्यटन क्षेत्रमा भने कर्जा प्रवाह जारी रहनेछ ।

कृषि विकास बैंक चरिकोट शाखाले ८० जना कृषकहरुमार्फत कृषि क्षेत्रमा कर्जा प्रबाह गरेको छ । ती कृषकहरुले नेपाल सरकारको नियमानुसार सहुलियतपुर्ण कर्जा पाएका हुन् । पशुपालन, कृषि, जडिबुटी, कुखुरापालन लगाएत शिर्षकमा ९ करोड बरावरको कर्जा प्रबाह भएको छ । जिल्लाको भिमेश्वर नगरपालिका, कालिञ्चोक गाउंपालिका, शैलुंग गाउंपालिकामा कृषि बैंकले तुलनात्मक रुपमा बढि कर्जा प्रबाह गरेको देखिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update