-वसन्त थामी
बेगुम्पा - कालिन्चोक गाउँपालिकाले गाउँगाउँमा पुगेर विकास शिविर संचालन गर्ने अभियान जारी राखेको छ । चालु आर्थिक वर्षपनि गाउँपालिकाले विकास शिविर कार्यक्रमलाई निरन्तरता दिँदै गाउँगाउँमै पुगेर योजना सम्झौता गरिरहेको छ । जस अन्तर्गत सोमवार चौथो दिन गाउँपालिकाको वडा नम्बर १, मा विकास शिविर सम्पन्न भएको छ ।
शिविरमा सोमवार वडा नम्बर १ माविभिन्न २२ वटा सम्झौता गरिएको वडा अध्यक्ष वावुलाल थामीले जानकारी दिए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विन कुमार थामीले गाउँपालिकाले विकास शिविरलाई नमुना कार्यक्रमको रुपमा प्रभावकारी रुपमा कार्यान्वयन गरको भन्दै अव प्रत्येक जनताको स्वास्थ्य सुरक्षाका लागि विमा गर्न लागिएको बताए ।
विकास शिविरले गाउँका उपभोक्ताहरु गाउँपालिकाको कार्यालय धाउनुपर्ने बाध्यताबाट मुक्त भएको उनले बताए । गाउँपालिकाले आर्थिक वर्ष २०७८।७९ को विकास शिविर यही भदौ १७ गतेबाट सुरु गरेको हो । यसअघि वडा नम्बर ६,५ र ४ नम्बर वडामा सम्पन्न भैसकेको छ ।