पहिरोले सिंगटीको खोलिखिम बजार क्षेत्र जोखिममा, ६ घरपरिवार विस्थापित (तस्वीरहरु)
सिंगटी – दोलखाको उत्तरी सिंगटी बजारका आधा दर्जन घरपरिवार विस्थापित भएका छन् । गएराती भारी वर्षासँगै आएको भलबाढीका कारण ती परिवार विस्थापित भएका हुन् ।
विगु गाउँपालिका वडा नम्बर ४ स्थित सिंगटी बजारको खोलेखिम क्षेत्रमा ढुंगा, माटोसहितको भलबाढी आएपछि ६ घर परिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था छ । विस्थापित हुनेमा देवी बहादुर थामी, गोपाल श्रेष्ठ, ध्रुब श्रेष्ठ, बाबु नेपाली, राम बहादुर थामी र सन्तोषी श्रेष्ठ रहेका छन् । उनीहरुको घर पहिरोले क्षतिग्रस्त बनाएको छ ।
हाल उनीहरु आफन्तकोमा शरण लिएर बसेको प्रहरीले जनाएको छ । लगातारको वर्षातसँगै आएको पहिरोका कारण लादुक र वुलुङतर्फ जाने सडक अबरुद्ध भएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८ ११:४२
प्रतिक्रिया दिनुहोस्