Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मालदार मन्त्रालयमा सत्तारुढ गठबन्धनभित्र किचलो

काठमाडौं - मालदार मन्त्रालयमा सत्तारुढ गठबन्धनभित्र किचलो भएपछि मन्त्रिपरियाद विस्तारमा अझै ढिलाई हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा लामो समयसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचित छन् । सरकारलाई पूर्णता दिने विषयलाई लिएर सत्तारुढ दलका नेताहरुबीच निरन्तर छलफल भैरहेपनि सहमति जुट्न नसकेको हो ।

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न दुईपटक गठबन्धनको बैठक समेत बसिसकेको छ । मंगलबार बसेको बैठकमा चौथो र पाँचौ दलका अध्यक्षबीच मन्त्रालयको भागवण्डाबारे चर्काचर्की भएको छ । बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले ‘मालदार मन्त्रलाय’ मा दावी गरेका थिए । स्रोतका अनुसार सोही कारण बैठक निष्कर्षविहीन बनेको हो । 

बैठकमा नेपाल र यादव दुवैले भौतिक पूर्वाधार र उद्योग मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेका थिए । मन्त्री बन्न चाहने आकांक्षीहरुको संख्या ठुलो भएका कारण पनि मन्त्रिपरिषदलाई पुर्णता दिन ढिलाई भएको छ । मन्त्री नबनाए सांसदहरुले दल विभाजन गर्ने चेतावनी नेताहरुलाई दिन थालेका छन् । उक्त खतरालाई मध्येनजर गर्दै राजनीतिक दल विभाजन गर्ने सम्बन्धी अध्यादेश निष्क्रिय बनाएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ गठबन्धनको रणनीति छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update