Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
जनप्रतिनिधिहरुको माग : ‘मेलुङ गाउँपालिका अध्यक्षलाई दुर्व्यहार गर्नेमाथि यथाशिघ्र कारबाही होस्’

चरिकोट – दोलखाखाका जनप्रतिनिधिहरुले मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठमाथि दुव्र्यवहार गर्ने दोषीमाथि कारबाहीको माग गर्दै सामुहिक विज्ञप्ती जारी गरेका छन् । नियोजित रुपमा घट्ना घटाईएको भन्दै उनीहरुले अपराधमा संलग्न अपराधीमाथि यथाशिघ्र कारबाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

‘स्वभाविक रुपमा वर्षातको समयमा कच्ची सडकमा हिलाम्य हुन्छन् नै, थुप्रै महत्वपुर्ण राजमार्गहरु समेत अवरुद्ध भएका छन् । यसरी हेर्दा उक्त घट्ना नियोजित देखिन्छ । यस्तो नियोजित घृणित कार्य जो कसैले गरेको भएपनि सो घट्ना गराउने अपराधी माथि यथाशिघ्र कारबाहीका लागि सरकार समक्ष माग गर्दछौं, सोमवार जारी विज्ञप्तीमा उल्लेख छ । 

जारी विज्ञप्तीमा जिल्ला समन्वय समिति, ८ वटा स्थानीय तहका प्रमुख, उप्रमुखसहित २० जना जनप्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । 
सडक हिलो भएको बहानामा निर्लज्ज तरिकाले अपमान गरी हातपात गर्ने आपत्तीजनक कार्य भएको भन्दै विज्ञप्तीमा घट्नाको निन्दा र भत्र्सना गरिएको छ । सडकको दुरवस्थाका कारण बिरामीको छिटो उद्धार गर्न नसकिएको विषयलाई लिएर शनिवार अध्यक्ष श्रेष्ठमाथि एउटा समुहले हातपात गर्दै दुव्र्यवहार गरेको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update