Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘मेलुङ गाउँपालिका अध्यक्षमाथि भएको दुर्व्यवहार नियोजित र षड्यन्त्रमुलक’

चरिकोट - दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठमाथि भएको दुव्र्यवहार नियोजित र षड्यन्त्रमुलक भएको भन्दै सरोकारवालाहरुले आपत्ती जनाएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, वाग्मती प्रदेश, जिल्ला समन्वय समिति दोलखा लगायतका निकायले विज्ञप्तीमार्फत घट्नाप्रति बिरोध जनाउँदै छानविन र दोषीमाथि कारबाहीको माग गरेका हुन् ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल वागमती प्रदेश कमटीका अध्यक्ष इश्वरचन्द्र पोखरलले घट्ना नियोजित र षड्यन्त्रमुलक भएको भन्दै दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्ने बताए । ‘षड्यन्त्रमुलक र नियोजित रुपमा जनप्रतिनिधीमाथि हातपात र दुव्र्यवहार गर्ने अराजक व्यक्तिहरुलाई कानुनी कठघरामा उभ्याई कानुनी कारबाही गर्न सम्बन्धित निकाय समक्ष जोडदान माग गर्दछौं, पोखरेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ । 

सडकको दुरवस्थाका कारण बिरामीको छिटो उद्धार गर्न नसकिएको भन्दै शनिवार अध्यक्ष श्रेष्ठमाथि एउटा समुहले हातपात र दुव्र्यवहार गरेको थियो । 

यस्तै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले पनि एक विज्ञप्ती जारी गर्दै घट्नाको भत्र्सना गरेका छन् । ‘लगातारको वर्षातका कारण राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्ग समेत आवागमन वन्द हुने गरेको समयमा गाउँपालिका भित्रका कतिपय नयाँ कच्चि सडकहरु पहिरोका कारण अवरुद्ध रहेको अवस्थालाई देखावटी निहूँमात्र बनाएर नियोजित रुपमा जनप्रतिनिधी माथी गरिएको हातपात तथा दुव्र्यबहार नियोजित र षड्यन्त्रमुलक छ, विज्ञप्तीमा भनिएको छ, ‘घट्नामा संलग्न व्यक्तिलाई कानुनी कारवाही गर्नका लागि सम्वन्धीत निकयलाई गाउँपालिका राष्ट्रिय महासंघले जोडदार माग गर्दछौं ।’

जारी विज्ञप्तीमा निरन्तर नागरिको सेवामा खटिरहेका जनप्रतिनिधीहरुलाई निर्वादरुपमा नागरिकको सेवामा रहने वातावरण वनाई शान्ति सुरक्षा कायम गर्न माग गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update