Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पहिरोले पुरियो रामेछापको जिल्ला सामुदायिक आँखा केन्द्र

मन्थली - अविरल वर्षासँगै गएको पहिरोले रामेछापको मन्थली स्थित तिलगंगा आँखा केन्द्र मार्फत सञ्चालित जिल्ला सामुदायिक आँखा केन्द्र पुरेको छ । पहिरोले भवन पुरेपछि आँखा परीक्षण तथा उपचार सेवा प्रभावित भएको छ । केन्द्रका अध्यक्ष गोविन्दप्रसाद घिमिरेका अनुसार केन्द्रका सबै सामाग्री सुरक्षित स्थानमा सारिएको छ । 

पहिरोले क्षति पुर्याउँदा केन्द्र सञ्चालनमा रहेको भवन र शौचालयमा प्रयोग गर्ने अवस्था नरहेको र पहिरो झर्ने क्रम जारी रहेकोले थप क्षति हुनसक्ने घिमिरेले बताए ।

पहिरोका कारण करिब ५० लाख बराबरको भवन काम नलाग्ने अवस्थामा पुगेको छ । तामाकोसी अस्पतालसँगको साझेदारीमा तिलगंगा आँखा केन्द्रले उक्त सामुदायिक केन्द्र सञ्चालनमा ल्याएको थियो । 

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update