Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
भीमेश्वर नगरपालिकामा लगाईएको निषेधाज्ञा बिहिबारदेखि खुकुलो

चरिकोट - दोलखाको भीमेश्वर नगरपालिकाको दुई वटा वडामा लगाईएको निषेधाज्ञा विहिवार भोलीदेखि खुल्ने भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको वैठकले भीमेश्वर नगरपालिका वडा नम्बर ३ र ६ मा जारी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

यसअघि जारी गरिएको निषेधाज्ञा आज रातीबाट सकिदैछ । वैठक स्रोतका अनुसार स्वास्थ्य मापदण्ड अपनाउंदै बजार, पसल राती ८ बजेसम्म खोल्न पाईने र वैंक तथा वित्तीय संस्थामा जारी निषेधाज्ञा खुकुलो वनाईने छ । कोरोना संक्रमण दर तीब्र गतिमा फैलिदैं गएपछि साउन २८ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो । सो समयमा बजार पसल, व्यवसाय, बैंक तथा वित्तिय संस्थाहरु बन्द गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update