जापानबाट थप दुई लाख ८ हजार ६० डोज खोप नेपाल आईपुग्यो
काठमाण्डौं - जापानले सहयोग गरेको दुई लाख ८ हजार ६० डोज अष्ट्राजेनेका खोप नेपाल आईपुगेको छ । जापान सरकारले सहयोग गरेको उक्त खोप कोभ्याक्समार्फत् शनिबार बिहान नेपाल आइपुगेको हो ।
कतार एयरलाइन्सबाट खोप आएको स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले जानकारी दिए । जापानले ८ लाख ४७ हजार ३२० डोज खोप यसअघिनै उपलव्ध गराईसकेको छ । जापानले १६ लाख डोज खोप नेपाललाई उपलव्ध गराउने घोषणा गरिसकेको छ । सचिव पोखरेलका रहेको खोप सोमबारसम्ममा नेपाल आइपुग्नेछ ।
पहिलो खोप लगाएर बसेका ६५ वर्षमाथिका जनतालाई यो खोप लगाउने तयारी छ । शनिबार आएको खोप प्रदेश १ र २ मा जाने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८ १३:११
प्रतिक्रिया दिनुहोस्