राप्रपा नेता केसीको कोरोनाका कारण निधन
चरिकोट - राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) का नेता तिर्थ बहादुर केसीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दोलखा भीमेश्वर नगरपालिका ६ घर भएका केसीको गएराती उपचारका क्रममा मृत्यु भएको हो ।
उनी निर्माण व्यवसायी समेत रहेका केसी राप्रपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । उनको काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचारका क्रममा गएराती मृत्यु भएको हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८ ०९:१२
प्रतिक्रिया दिनुहोस्