Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चरिकोट अस्पतालका डा. दंगालले पाए अन्तराष्ट्रिय अवार्ड

चरिकोट–दोलखा सदरमुकाम चरिकोट अस्पतालका डा. विनोद दंगाल अन्तराष्ट्रिय अवार्डबाट समानित भएका छन् । अस्पतालका प्रमुख डा. दंगाललाई एसिया अवार्डडेस नामक संस्थाले स्वास्थ्य र सामाजिक सेवातर्फ गरेको योगदानको मुल्यांकन गर्दै एसियाकै ठुलो विजनेस अवार्ड प्रदान गरेको हो ।

उक्त संस्थाले दश वर्षभन्दा बढि समय एकै स्थानमा सेवा गरेको, गुणस्तरिय सेवा दिएको, निशुल्क स्वास्थ्य सेवाका लागि काम गरेको र कोभिड १९ को उपचारमा समेत विशेष योगदान पुर्याएकाले डा. दंगाललाई अवार्ड प्रदान गर्ने घोषणा गरेको हो ।

अवार्डका लागि २० भन्दा बढि देशका व्यक्तिहरु सहभागि थिए । उक्त अवार्ड भारतमा अक्टोबर २४ मा आयोजना गरिने कार्यक्रममा प्रदान गरिने जनाईएको छ ।  

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update