Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अण्डाको मुल्य बढेको बढ्यै, नियमक निकायको बेवास्ता

काठमाण्डौं - उपभोक्ताहरुलाई मार पर्नेगरी उत्पादकहरुले एकलौटी मूल्य निर्धारण गरेका छन् । दुई महिनाको अवधिमा अण्डाको मूल्य झण्डै दोब्बरले वृद्धि भएपछि उपभोक्ता ठगिएका छन् । सरकारी बेवास्ताका कारण उपभोक्ता चरम मारमा परेका छन् । केहीसाता अघि अण्डाको मुल्य प्रतिगोटा १२ रुपैयाँ थियो ।

हाल उक्त मुल्य खुद्रा बजारमा २० रुपैयाँ पुगेको छ । नेपाल अण्डा उत्पादक संघका अनुसार कुखुराको अण्डाको यो मूल्य हालसम्मकै उच्च हो । संघका अध्यक्ष शिवराम केसीले तीन साताअघि प्रतिक्रेट ३६५ रुपैयाँमा कारोबार भएको अण्डाको मूल्य अहिले ४२० रुपैयाँ पुगेको बताए । 

कोरोनाका कारण विगतमा भन्दा अण्डाको माग बढेकाले पनि मुल्य बढेको उनको भनाई छ । उपभोक्ता अधिकारकर्मीहरुले निश्चित व्यवसायीहरु मिलेर बजारमा अण्डाको मूल्य तोकिनु अवैध र कार्टेलिङ भए पनि सरकारी निकाय मौन बस्दा उपभोक्ता मर्कामा परेको बताएका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update