Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘कोरोनाको अर्को जोखिम बढ्यो, माक्स लगाउनुस्’

चरिकोट - जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको टोली सोमवार दिनभरजसो बजार क्षेत्रमा माक्स बाँड्न व्यस्त देखिन्थ्यो । माक्स नलगाई हिँडिरहेका व्यक्तिहरुलाई रोकेर प्रहरीले कोरोनाको सम्भावित जोखिमबारे सचेत गराउँदै माक्स बितरण गर्यो ।

‘कोरोनाको अर्को जोखिम बढिसक्यो, माक्स लगाउनुस्’ भन्दै प्रहरीले बाटोमा हिड्ने व्यक्ति, सवारी चालक, यात्रु, पसल व्यवसायी तथा स्थानीयलाई माक्स बितरण गरेको हो । नेपाल माक्स अभियान कार्यक्रम अन्तर्गत दोलखामा सोमवार मात्रै १ हजार ५ सय थान माक्स बितरण गरिएको प्रहरीले जनाएको छ ।

अभियानका क्रममा सोमवार भिमेश्वर नगरपालिका ३, चरिकोटको  सातदोबाटो चोक देखि सम्पुर्ण बजार र भित्री क्षेत्रमा सर्वसाधरणलाई माक्स वितरण गरिएको थियो । अभियानमा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, भीमेश्वर नगरपालिकाका प्रतिनिधी, जिल्ला स्वास्थ्य कार्यालयमा प्रमुख अर्जुन पौडेल, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी निरीक्षक अञ्जन कोईराला, स्थानिय निकायका जनप्रतिनिधी, बिभिन्न राजनैतिक दलका प्रतिनिधी सहभागि थिए । 

“नेपाल माक्स अभियान” कार्यक्रम मार्फत कोरोना भाइरस संक्रमण विरुद्ध सचेतना फैल्याउने उदेश्यले कार्यक्रम गरिएको प्रहरी निरीक्षक कोईरालाले बताए । 

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update