Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अत्यावश्यकीय र मानविय उद्धारको सवारी पास पनि बन्द

चरिकोट - स्थानीय प्रशासनले दोलखामा सवारी साधन प्रयागका लागि अनुमति पत्र दिन बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सार्वजानिक सूचना जारी गर्दै अत्यावश्यक सेवा र मानविय उद्धारको लागि जारी गरिँदै आएको अनुमति पत्र पनि बन्द गरेको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रैष्ठले अर्को आदेश नभएसम्मको लागि अनुमति पत्र दिन बन्द गरिएको जानकारी दिए । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारबाट जारी भएको लकडाउनलाई पुर्ण रुपमा कार्यान्वयन गर्न अनुमति पत्र प्रदान गर्ने कार्य बन्द गरिएको उनले बताए ।

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update