Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
रामेछापमा एकैदिन बढी भाडा लिने ६ सवारी साधनमाथि कारबाही, १० हजार जरिवाना

मन्थली - जिल्ला प्रहरी कार्यालय रामेछापले यात्रुहरुबाट नियम बिपरित भाडा असुल गर्ने आधा दर्जन सवारी साधनलाई एकैदिन कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला टाफिक कार्यालयले आईतवार काठमाण्डौं, शिवालय र प्रितिबाट मन्थली आउने र काठमाण्डौं जाने ६ वटा सवारी साधनमाथि कारबाही गरेको हो ।

जिल्लाका बिभिन्न स्थानमा चेकजाँचका क्रममा भाडाका सवारी साधनहरुबाट यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिएको पाईएकाले ती सवारी साधनहरुमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती सवारी धनीहरुबाट बढी भाडा फिर्ता गराईनुका साथै ९ हजार ५ सय जरिवाना समेत उठाईएको छ । कारबाहीमा पर्ने सवारी साधनमा प्राय ः सुमो रहेका छन् । ६ वटा सुमोबाट यात्रुहरुले ४ हजार ५० रुपैयाँ फिर्ता पाएका छन् । 
 

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update