Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एसईई परीक्षाको नतिजा प्रकाशन, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा प्रकाशन गरेको छ । शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईई परीक्षामा सहभागि थिए ।

विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो ।

शनिबार नै बसेको बोर्डको बैठकले कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ । एसईईको नतिजा www.see.gov.np, www.neb.gov.np लगायतका साइटलगायतबाट पनि हेर्न सकिनेछ ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update