जिरीमा सडक स्तरोन्नती गर्दा बनेको पोखरीमा डुबेर एक वालिकाको मृत्यु
चरिकोट – दोलखाको जिरी नगरपालिकामा लामा कन्स्ट्रक्सनले सडक स्तरोन्नती गर्दा बनेको पोखरीमा डुबेर एक वालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिरी नगरपालिका वडा नम्बर ६ निवासी अनिल जिरेलकी ९ वर्षिया छोरी (स्वीटी) अँशु जिरेल रहेकी छन् ।
हिजो मध्यान्हदेखि पोखरीमा डुबेर बेपत्ता भएकी वालिकालाई आज मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । जिरी एयरपोर्टको नजिकैको झोलुंगे पुल नजिकै लामा कन्स्ट्रक्सनले ग्राभेल निकाल्दा बनेको पोखरीमा उनी डुबेकी थिईन् । स्थानीयका अनुसार ती वालिका साथीहरुसँगै पोखरीमा पौडी खेल्न गएकी थिईन् ।
उनका साथीहरु घर फर्किएर पोखरीमा डुबेको जानकारी गराएपछि आज विहानैदेखि खोजी सुरु गरिएको थियो । घट्नाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८ १३:२३
प्रतिक्रिया दिनुहोस्