Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
लकडाउन खुकुलिएसँगै दोलखामा कोरोना संक्रमण बढ्यो, नयाँ भेरियन्टको समेत जोखिम 

चरिकोट – जिल्ला स्वास्थ्य कार्यालय दोलखाले डेल्टा भेरियन्टसहितका कोरोनाको नयाँ भेरियन्टहरु फैलिनसक्ने भन्दै नागरिकहरुलाई सचेत गराएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज एक सार्जजानिक अपील जारी गर्दै नयाँ भेरियन्टबाट जोगिन आग्रह गरेको हो ।

नेपालमा नयाँ भेरियन्टहरुको पहिचान र निषेधाज्ञाहरु केही खुकुलो भएसँगै दोलखा जिल्लामा समेत कोभिड १९ संक्रमण पछिल्ला दिनहरुमा बढ्दो क्रममा रहेको जारी गरिएको अपीलमा उल्लेख छ । दोलखा जिल्लामा आईतवार १४ जना कोभिडका बिरामीहरुलाई अक्सिजनको सहयोगमा बिभिन्न अस्पतालहरुमा उपचार गरिरहनुपर्ने अबस्था रहेकाले सम्भावित जोखिमर्लाइ गम्भिरतपुर्वक लिन आग्रह गरिएको छ ।

अपीलमा भनिएको छ, ‘आम दोलखा जिल्लाबासीले बर्तमान परिस्थितिलाई गम्भिरतापुर्वक मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डहमरु कडाईका साथ पालना गरी आपु र परिवारलाई संक्रमण हुनबाट बचाउन विशेष अनुरोध गर्दछौं ।’ 

नेपालबाट नमुना संकलन गरी गरिएका परीक्षणहरुमा डेल्टा भरियन्टसहित नयाँ भेरियन्टहरु पुष्टि भैरहेका छन् । नयाँ भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समुहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनले देखाएको छ । 

पछिल्लो समय दोलखामा कोरोना संक्रमण दर तिब्र रुपमा बढेको छ । कोरोना मुक्त हुनेहरुको संख्या उल्लेख्य भएपनि संक्रमित हुनेहरुको संख्या बढ्दै जाँदा थप जोखिम बढ्दै गएको हो । 
 

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update