Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेपालमा हालसम्म ९७ लाख ८२ हजार डोज खोप भित्रियो

काठमाण्डौं  - नेपालमा कोरोना भाइरस विरूद्धको झण्डै एक करोड खोप भित्रिएको छ । चीनबाट सरकारले खरिद गरेको ४० लाख भेरोसेल खोप शुक्रवार आईपुगेसँगै नेपाल आईपुगेको खोपको परिमाण ९७ लाख ८२ हजार डोज पुगेको हो । चीनबाट पाँचौ पटक वाइडवडी जहाजमार्फत बेइजिङबाट थप खोप काठमाण्डौं आईपुगेको हो ।

योसँगै चीनबाट ४० लाख खोप काठमाडौं आइपुगेको छ । सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्षमाथिका नागरिक र आवश्यकताका आधारमा वितरण शुरु गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रत्येक नेपालीलाई कोभिडविरुद्धको खोप लगाउन सरकारले यस अघि नै खोप खरिदका लागि ४८ अर्ब बजेट सुनिश्चित गरिसकेको छ । 

यसै वर्ष भित्र सबै नागरिकलाई खोप लगाउने सरकारको तयारी छ । जापान सरकारले उपलव्ध गराउने खोप पनि ल्याउने प्रक्रिया अघि बढिसकेको छ । भारतको द सिरम इन्ष्टिच्युटबाट खरिद गरेको २० लाख डोजमध्ये १० लाख मात्र आएको र बाँकी १० लाख तत्काल आउने क्रममा छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update