Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
विप्लव नेतृत्वको नेकपा दोलखामा सक्रिय हुने, पार्टी कार्यालय उद्घाटन

चरिकोट – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दोलखामा खुल्ला राजनीतिक गतिबिधि सुरु गरेको छ । सदरमुकाम चरिकोटमा शुक्रबार विधिवत रुपमा पार्टी कार्यालय संचालन गर्दै उसले खुल्ला राजनीतिक गतिविधिमा सक्रिय हुने घोषणा गरेको हो ।

पार्टी सम्पर्क कार्यालयको नेकपा केन्द्रीय सदस्य पुर्ण बहादुर सिंहले एक कार्यक्रमकाबीच उद्घाटन गरे । केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग भएको सम्झौता बमोजिम विप्लव नेतृत्वको नेकपा भुमिगत अबस्थाबाट खुल्ला राजनीतिमा आएको थियो । 

जिल्लामा पनि राजनीतिक गतिविधि लगायतका कार्यक्रम संचालन गर्न सम्पर्क कार्यालय संचालनमा ल्याईएको नेताहरुले बताएका छन् । जिल्ला सेक्रेटरी माधव गौतमको अध्यक्षतामा सम्पन्न कार्यालय उद्घाटन समारोहमा नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, भीमेश्वर नगरपालिकाका मेयर भरत केसी, नेकपा केन्द्रीय सदस्य यादव दाहाल, नेकपा विशेष कमिटी सदस्य अर्जुन योगी लगायतले मन्तव्य राखेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update