दोलखामा कोरोना संक्रमण दर साउन यताकै उच्च, एकैदिन ५१ जना संक्रमित
चरिकोट – दोलखामा फेरी कोरोना संक्रमण दर तिब्र गतिमा बढ्दै गएको छ । शुक्रवार एकैदिन ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा ७२ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र स्थानीय तहमा १५ जनामा एन्टिजिन परीक्षण गरिएकोमा १० जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
उक्त संक्रमण दर साउन यताकै सबैभन्दा उच्च हो । शुक्रवार ५१ जना नयाँ थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३३६ पुगेको छ । आज ५३ जना बिरामी कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चरिकोट अस्पतालमा रहेका ५ जना एचडियुमा रहेका छन् भने जिरी अस्पतालमा १ जना, सिंगटी अस्पतालको आईसोलेसन वार्डमा ५ जना र बाँकी ३२५ जना होम आईसोलेसनमा रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८ १४:४७
प्रतिक्रिया दिनुहोस्