Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कोरोना रोकथाम : दोलखाका स्थानीय तहलाई प्रदेश सरकारको ९४ लाख

हेटौंडा - कोरोना भाईरस (कोभिड १९) रोकथामका लागि दोलखाका स्थानीय तहलाई झण्डै एक करोड रुपैयाँ निकासा दिएको छ । कोरोनाको सम्भावित जोखिम नियन्त्रण र रोकथामका लागि आवश्यक कार्य गर्न ९४ लाख बजेट निकासा दिएको हो ।

जिल्लाका दुई नगरपालिकाले १२/१२ लाखका दरले २ लाख र ७ वटा गाउँपालिकाले १०/१० लाखका दरले ७० लाख गरी कुल ९४ लाख रुपैयाँ बजेट प्राप्त गरेका हुन् । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशबासीलाई सम्वोधन गर्दै उक्त रकम स्थानीय तहलाई निकासा दिएको जानकारी दिए । सो रकम स्थानीय तहले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आईसोलेसन वार्ड निर्माण लगायतका क्षेत्रमा खर्च गर्न सक्नेछन् ।

यसैगरी मेडिकल सामग्री खरिद, दैनिक जिवन यापन रोकिएका, विपन्न व्यक्ति परिवार र समुदायलाई राहातका लागि सो रकम प्रयोग गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

मुख्यमन्त्री पौडेलले सम्बोधनका क्रममा कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले ५० करोडको आर्थिक कोष खडा गर्नुका साथै खाद्यन्नको आवश्यक मौज्दातको व्यवस्था मिलाईएको जानकारी दिए । हेटौंडा र चितवनमा कोभिड १९ प्रयोगशाला संचालन गरिएको छ भने १३ वटै जिल्लामा ६ सय २३ आईसोलेसन वार्ड स्थापना गरिएका छन् । कोरोनाको विरुद्धको लडाईमा प्रदेशभर १ हजार ७ सय १४ स्वास्थ्य जनशक्ति परिचालन गरिएको मुख्यमन्त्री पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  २२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update