-नवीनकुमार खतिवडा
मैनापोखरी - नेपाल शिक्षक महासंघ दोलखाले विभिन्न पेशागत माग राख्दै रिले अनशन सुरु गरेको छ । शिक्षक महासंघले शुक्रवारदेखि जिल्लाका सवै स्थानीय तहको कार्यलयमा आफ्न ३४ बुँदे विभिन्न माग सहित रिले अनशन सुरु गरेको हो । नेपाल शिक्षक महासंघ बैतेश्वरले पनि गाउँपालिकाको कार्यालयमा मागपत्र पेश गर्दै रिले अनसन सुरु गरेको छ ।
महासंघ वैतेश्वरका सह अध्यक्ष तेन्जिङ शेर्पा नेतृत्वको टोलीले गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यर्ला मागपत्र पेश गरेपछि रिले अनशन सुरु गरको हो ।
गुणस्तरीय शिक्षाका लागि कुल बजेटको २० प्रतिशत लगानी गरिनुपर्ने, शिक्षण काउन्सिलको ब्यवस्था गरिनुपर्ने, पाठ्यक्रम निर्माणको अधिकार संघीय संरचनामा हुनुपर्ने, शिक्षक महासंघलाई आधिकारिक ट्रेड युनियनको मान्यता दिनपर्ने लगायतका माग महासंघले गगरेको छ ।
यस्तै महासंघले शिक्षकलाई निजामती कर्मचारी सो सरहको सेवा सुबिधा हुनुपर्ने, शैक्षिक क्षेत्रका लागि छुट्टै राष्ट्रिय मर्यादाक्रम कायम गरिनुपर्ने, शिक्षक कर्मचारीको उपचारको लागि शिक्षक अस्पताल स्थापना गर्नुपर्ने, बाल बिकास सहयोगी र बिद्यालय कर्मचारी लाई नेपाल सरकारको बजेट भाषण मार्फत केन्द्र सरकारले मासिक ८ हजार र स्थानीय तहले मासिक ७ हजार तलब भत्ता ब्यहोरेर मासिक १५ हजार पुर्याउने घोषणा गरेको तर सो घोषणालाई स्थानीय तहहरुले स्वीकार गरी बजेटको ब्यबस्था नगरेकोले केन्द्र सरकारले नै ब्यवस्था गर्नुपर्ने लगायतका पेशागत मागहरु राखेको छ ।