Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चीन सरकारले जिरी नगरपालिकालाई उपलव्ध गरायो ठुलो मात्रामा स्वास्थ्य सामाग्री

चरिकोट – चीन सरकारले दोलखाको जिरी अस्पतालका लागि ७८ लाख बरावरको स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको छङदु नगरपालिकाले अक्सिजन कन्सन्टेटर, पीपीई सेट, सर्जिकल ग्लोब्स, सर्जिकल माक्स, तथा सेनिटाईजर गरी ७८ लाख भन्दा बढि मुल्यको स्वास्थ्य सामाग्री उपलव्ध गराएको हो । 

उक्त स्वास्थ्य सामाग्री शुक्रवार नगरपालिकाका मेयर टंक जिरेललाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरियो । 

यस्तै जिरी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष ज्ञान बहादुर सुनुवारको पहलमा जिरी अस्पतालको लागि ५२ थान नयाँ बेडसेट, (बेड, म्याट्रेस, सिरानी, तन्ना समेत) लकर, स्यानीटाईजर, अक्सिमिटर, थर्मलगन, पीपीई सेट, नेबुलाईजर लगायतका स्वास्थ्य सामाग्री उपलव्ध गराईएको छ ।

जिरी नगरपालिका ७, ८ र ९ नम्बर वडा स्थित स्वास्थ्य चौकीहरुका लागि पीपीई सेट, स्यानीटाईजर, थर्मलगन, अक्सिमिटर, नेबुलाईजरसहितको स्वास्थ्य सामाग्री प्राप्त भएको जिरी नगरपालिकाको कार्यालयले जनाएको छ ।

उक्त कोरोना प्रतिकार्यका लागि उपलव्ध उक्त स्वास्थ्य सामाग्री २२ लाख रुपैयाँ बरावरको रहेको जिरी नगरपालिकाका मेयर टंक जिरेलले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update