Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कांग्रेस क्रियाशील सदस्यता विवाद कायमै, शिर्ष नेतालाई टुंग्याउने जिम्मा

काठमाडौँ - नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद अझै टुंग्याउन सकेको छैन । छानविन समितिले विवाद समाधान गर्न नसकेपछि शिर्ष नेताहरुलाई त्यसको जिम्मा दिईएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले पाँच दिनभित्र विवाद टुंग्याउन निर्देशन दिएको छ ।

क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन नसकेको विषय समाधान गर्न पार्टीका शीर्ष नेताहरुलाई जिम्मा दिईएको हो । नेता रमेश लेखकले विवादित विषयहरुलाई पाँच दिनभित्र शीर्ष नेताले टुंग्याएपछि महाधिवेशनका बाँकी प्रक्रिया प्रारम्भ हुने जानकारी दिए ।

५ दिनभित्र नेताहरुले निर्णय गरेपछि निर्वाचन समितिका कामहरु अघि बढ्ने बताईएको छ । कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले साउन १२ गते प्रतिवेदन बुझाएको थियो । 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update