दोलखामा एक वर्षमा १८ जनामाथि बलात्कार, ८ जनामाथि बलात्कार प्रयास
चरिकोट – दोलखामा पछिल्लो आर्थिक वर्षमा १८ वटा बलात्कारका घट्ना भएका छन् । प्रदेश प्रहरी कार्यालय हेटौंडाले सार्बजानिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७ ७८ मा १८ महिलाहरुमाथि जबरजस्ती करणी भएको हो । अघिल्लो आर्थिक वर्ष २१ वटा सोही प्रकृतिका घट्ना भएका थिए ।
यसैगरी गएको आर्थिक वर्ष जबरजस्ती करणी उद्योग अन्तर्गतका ८ वटा घट्ना भएका छन् । अघिल्लो आर्थिक वर्ष त्यस्तै प्रकृतिका ४ वटा घट्नामा मुद्धा दर्ता भएका थिए ।
यसैगरी दोलखामा महिला वालवालिकामाथि ५६ वटा घरेलु हिंसा सम्बन्धि घट्ना भएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा ५० वटा घट्ना भएकोमा गएको आर्थिक वर्षमा घरेलु हिंसाका घट्ना बढेका हुन् ।
प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८ १६:०३
प्रतिक्रिया दिनुहोस्