Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कालिञ्चोक गाउँपालिका–५, मा बाढीपहिरोले मच्चाएको बितण्डा (तस्बिरहरु)

चरिकोट – लगातारको वर्षापछि आएको बाढी पहिरोले दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ मा ठुलो क्षति पुगेको छ । दुई वर्ष अघि लापिलाङको रानीवन क्षेत्रबाट सुरु भएको बाढी र पहिरोले ठुलो रुप लिँदै गुमुखोलासम्मको क्षेत्रमा क्षति पुर्याएको हो ।

गत वर्षसम्म सुनखानी–साङ्वा सडकभन्दा माथिल्लो क्षेत्रमा घरजग्गामा बितण्डा मच्चाएको बाढीपहिरो यो वर्ष सडकको तल्लो क्षेत्र गुमुखोलासम्म फैलिँएको छ । स्थानीय घट्टेखोलामा आएको बाढीले आसपासका बस्ती र सयौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ । 

बाढीपहिरोले कालिञ्चोक गाउँपालिका–५ लापिलाङका सयभन्दा बढी घरपरिवार विस्थापित मात्रै भएनन्, घरबारबिहिननै बन्न पुगेका छन् । २२ भन्दा बढि परिवारको घर पूर्णरूपमा क्षतिग्रस्त छ । ८० भन्दा बढी परिवारको घर पहिरोले घरिईसकेको छ । विस्थापित परिवारले छरछिमेक, स्थानीय जंगल, विद्यालय र सामुदायिक भवनमा कष्टकर जीवन बिताएका छन् । 

बाढिपहिरोले घट्टेखोलाको माथिल्लो र तल्लो क्षेत्रको पुल बगाउँदा कृषक आफ्नो खेतबारीमा पुग्न सकेका छैनन् । संघीय, प्रदेश र स्थानीय सरकारले एकिकृत रुपमा पर्याप्त बजेटको व्यवस्थासहित बाढिपहिरो नियन्त्रणको प्रभावकारी प्रयास गर्न सकेका छैनन् । 

तीनै तहका सरकारले नियन्त्रणको ठोस पहल नगर्दा बाढीपहिरोले थप बिकराल रुप लिंदै सर्बसाधारण नागरिक ठुलो चपेटामा परेका छन् । 

हेर्नुस् बाढीपहिरोको केही तस्बिरहरु :


प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update