Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पार्टीका सबै सांसदले मन्त्री बनाउन दबाब दिँदा तनावमा छु : प्रचण्ड

काठमाण्डौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई मन्त्री बनाउन भन्दै पार्टीका सबै सांसदहरुले तनाब दिईरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले पार्टीका ४९ जना सांसदको मन्त्री बनाउन दबाब आएको उल्लेख गर्दै मन्त्री पाएमात्रै काम गर्ने प्रबृत्ति बढेको बताए ।

कम्युनिस्ट नेता नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने–‘हामीले धेरै पायौँ भने ७ जनासम्मलाई मन्त्री बनाउन पाउने हो । यहाँ मन्त्री पाइएन भने नेतृत्वलाई सराप गर्ने, मन्त्री पाए मात्र काम गर्ने प्रवृत्ति अहिले जबरजस्त रूपमा विकास भएको छ । या ठूलै नियुक्ति पायो भने ठिक छ, पाएन भने नेतृत्व बदमासै हो भन्ने प्रवृत्ति छ । तीन चार दिनदेखि म निकै मानसिक तनाव भित्र छु ।’

सङ्घर्षबाट प्राप्त भएको सबै उपलब्धि गुम्ने हो कि भन्ने अवस्थामा पुगेको बताउँदै अध्यक्ष प्रचण्डले अहिले संविधान, व्यवस्था मास्ने षडयन्त्र भएको जिकिर गरे । उनले प्रतिगमन परास्त पार्न सडक र जनतामा जानुको विकल्प नभएकोले पुरै शक्तिका साथ आन्दोलनमा गएको बताए । सर्वोच्च अदालतले जनभावना अनुसार फैसला गरेकोले जनताको जीत भएको उनको भनाई छ । 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update