काठमाण्डौं - नेपालको निर्यात व्यापार साढे ४४ प्रतिशतले बढेर २० वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । आर्थिक वर्ष २०७७/०७८ मा १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ । अघिल्लो वर्ष ९७ अर्ब ७० करोड रुपैयाँको आयात भएको थियो । गत आर्थिक वर्ष आयात समेत बढेर १५ खर्ब ३९ अर्ब पुगेको छ । गत वर्षभरिमा कुल वैदेशिक व्यापार १६ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ ।
अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले व्यापार बढेको भन्सार विभागको तथ्यांक छ । २० वर्षअघि नेपालको निर्यात १ खर्ब पुर्याउने सरकारको लक्ष्य थियो । आर्थिक वर्ष २०७७/७८ मा उक्त लक्ष्य पुरा भएको छ । नेपालबाट सबैभन्दा धेरै भटमासको तेल, पाम आयल, गार्मेन्ट, धागो, अलैंचीलगायतका वस्तु निर्यात हुन्छ ।
आव २०७७/७८ मा कुल वैदेशिक व्यापार १६ खर्ब ८० अर्बको भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो २७.२७ प्रतिशतले वृद्धि भएको छ । कुल व्यापार घाटामध्ये सबैभन्दा धेरै भारतसँग ८ खर्ब ६५ अर्ब छ । त्यस्तै, दोस्रोमा चीनसँग २ खर्ब ३३ अर्ब रहेको छ ।