Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
काठमाण्डौंबाट मध्यम तथा लामो दुरीका सार्बजनिक यातायात संचालन गर्ने निर्णय

काठमाडौं - शनिवारदेखि काठमाण्डौंबाट मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ले शनिबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । निर्णयबारे सार्बजनिक सूचना जारी गर्दै प्रशासनले यातायात सञ्चालनको व्यवस्था मिलाउन यातायात व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।

त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिइएको प्रशासनको सूचनामा उल्लेख छ । 

‘मन्त्रीपरिषद्को मिति २०७८/०४/०४ को निर्णय अुनसार त्रिभुवन विश्‍वविद्यालय तथा लोकसेवा आयोग लगायतका निकायहरुबाछ परीक्षा कार्यक्रम सार्वजनकि भएकाले देशका विभिन्‍न भागबाट हुने परीक्षा तथा सर्वसाधारणहरुको आवतजावतलाई सहज बनाउन उपत्‍यकाका सम्पूर्ण यातायात व्‍यवसायीहरुले सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लोमो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्‍यवस्था मिलाउन अनुरोध छ, प्रशासन कार्यालयकी प्रशासक लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।’

प्रशासनले अनिवार्य रुपमा काउण्टरबाट मात्रै टिकट काटेर यात्रा गर्न यात्रुलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update