चरिकोट - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) नियन्त्रण र रोकथामका लागि स्थानीय प्राशसनले दोलखामा निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक घुमफिर नगर्न र सवारी समेत नचलाउन आग्रह गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको हो ।
सो ऐनले आम नागरिकलाई सार्वजानिक रुपमा हिडडुल गर्न बन्देज गरेको छ । प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले संक्रामक रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिहरुलाई सोही ऐन बमोजिम सजाय गर्न र उक्त आदेश प्रभावकारी रुपमा कार्यान्वयन गर्न निषेधाज्ञा जारी गरिएको स्पष्ट पारे । संक्रामक रोग कोरोना भाईरस जिल्लामा फैलिन नदिन यस्तो निर्णय लिनु परेको उनले बताए । उक्त ऐनमा कुनै ठाउँमा एकैठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने र आदेशश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँ सम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्ने व्यवस्था छ ।
सरकारले घोषणा गरेको लकडाउनको समयमा नागरिकहरुको चहपहल र जमघट कायम रहेको गुनासो आएपछि, सदरमुकाम बाहेकको क्षेत्रमा नागरिकहरुको चहलपहल बढ्न थालेपछि लकडाउनलाई थप मजबुत पार्न निषेधाज्ञा जारी गरिएको जनाईएको छ ।
प्रशासनले जारी गरेको सूचनामा सर्वसाधरण नागरिकमा भ्रम सिर्जन ा गर्ने वा त्रास फैलाउने गरी सामाजिक संजाल मार्फत भ्रामक र आधारहिन समाचारहरु सम्प्रेषण गर्ने कार्यमा संलग्न व्यक्तिहरुलार्य अनुसन्धान गरी कानुनको दायरामा ल्याउने कार्य भैरहहेको उल्लेख छ ।
प्रजिअ शर्माका अनुसार गृह मन्त्रालयबाट जारी गरिएको अत्यावश्यक सेवा संचालनमा प्रयोग हुने सवारी साधनका लागि जारी हुने सवारी साधन अनुमति सम्बन्धि कार्यविधि २०७६ बमोजिम मात्र सवारी पास जारी गरिनेछ । अत्यावश्यक सेवा लिने र दिने प्रयोजन बाहेकका गतिविधिहरुमा संलग्न नहुन तथा तोकिएको अवधिभर आवश्यक सावधानी र सतर्कता अपनाई घर भित्रै बस्न सूचनामा सचेत गराईएको छ ।
सिमा नाकाबाट जिल्ल्ला प्रवेश गर्ने नागरिक प्रवेश गर्दाको बखत कुन जिल्लाको कुन स्थानीय तहको क्वारेन्टाईन बस्ने हो ? प्रवेशन गर्नु पूर्व नै सो को जानकारी लिई सीमा नाकामा कार्यरत सुक्षा निकायहरुले सम्बन्धित जिल्लालाई तुरुन्त जानकारी दिने व्यवस्थ मिलाईएको छ । तसर्थ जिल्ला प्रवेश गर्ने नागरिकहरु तोकिएको समयसम्म क्वारेन्टाईनमा बस्नुपर्नेछ ।
स्थानीय प्रशासनले अत्यावश्यक सेवा औषधी, पानी, दुध, फलफुल, तरकारी, गाईभैसीको दाना तथा पराल, मााछा, कुखुराको दाना तथा चल्ला जस्ता कृषिजन्य उपजको ढुवानीमा संलग्न सवारी साधन चल्न खुल्ला गरेको छ । त्यसका लागि कुनै अनुमति (पास) लिईरहन नपर्ने प्रशासनले स्पष्ट पारेको छ ।