Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा पाए विस्वासको मत

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन् । २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनस्र्थापित संसदको पहिलो बैठकमै आइतबार विश्वासको मत लिएका हुन् । विस्वासको पक्षमा १६५ मत परेको छ ।

प्रधानमन्त्री देउवाले विस्वासको मत प्राप्त गरेसँगै सर्वोच्च अदालतबाट पुनस्र्थापित प्रतिनिधिसभा (संसद) पनि जोगिएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवालाई उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मत दिएको छ ।

प्रमुख विपक्षी एमालेका पनि २२ सांसदले उनलाई मत दिएका छन् । मतदानमा २४९ जना सांसद सहभागी भएका थिए । देउवाको विपक्षमा ८३ मत खसेको छ । राप्रपा तटस्थ बस्यो भने नेपाल मजदुर किसान पार्टी  मतदानमा सहभागी भएन ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update