Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चरिकोट स्थित आवाज नेपालको संरक्षणमा रहेकी किशोरी सम्पर्कविहिन

चरिकोट – दोलखा सदरमुकाम चरिकोट स्थित आवाज नेपालको संरक्षण र रेखदेखमा रहेकी एक किशोरी सम्पर्कविहिन भएकी छिन् । शैलुङ गाउँपालिका वडा नम्बर ३, मागापौवा घर भई हाल आवाज नेपालको संरक्षणमा रहेकी १७ वर्षिय निर्मला भन्ने फुलमाया तामाङ बेपत्ता भएकी हुन् ।

उनी आईतवार दिउँसो २ बजेदेखि वेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता किशोरीको मानसिक अवस्था सुस्त रहेको बताईएको छ ।

बेपत्ता किशोरीको हुलिया सार्वजानिक गर्दै प्रहरीले फेला पार्नेहरुले नजिकको प्रहरी युनिट वा आवाज नेपाल संस्थाको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । प्रहरीका अनुसार गहुगोरो वर्णकी किशोरीको उचाई ४ फिट ५ ईन्च रहेको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update