Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेपाली कामदार ईजरायल पठाईदै, आवेदन लिने तयारी

काठमाडौं - वैदेशिक रोजगार विभागले साउन महिनादेखि नेपाली कामदार ईजरायल पठाउने तयारी गरेको छ । त्यसका लागि साउन दोस्रो हप्तासम्ममा दरखस्त आह्वान गर्ने तयारी छ । वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्र भट्टराईले नेपाली कामदारलाई इजरायल पठाउनका लागि साउनको पहिलो वा दोस्रो साता विज्ञापन गर्ने तयारी भैरहेको जानकारी दिए ।

उनका अनुसार अहिले अनलाइन पोर्टल निर्माण भइरहेको छ । विभागले ईजलायलसँग अहिले औपचारिक रुपमा ५ सय कामदार पठाउने सम्झौता गरिसकेको छ  । अधिकारीहरुका अनुसार थप ५ सय कामदार पठाउन अनौपचारिक छलफल भइरहेको छ ।

केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले इजरायलमा नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिका पारित गरेको थियो । सिधै सरकारी संयन्त्रमार्फत लगिने भएकाले यसमा मेनपावर कम्पनीको कुनै संलग्नता रहने छैन । यसपटक लगिने कमदार ‘कियर गिभर’को रुपमा रहने बताईएको छ । 

कामदार छनोट र भर्ना प्रक्रिया नेपालले वैदेशिक रोजगार विभाग र इजरायलको तर्फबाट पपुलेसन एन्ड इमिग्रेसन अथरीटी (पीआईबीए) ले गर्नेछन् । रोजगार विभागले इजरायल कामदार पठाउनका लागि छुट्टै संयन्त्रसमेत तयार पारिसकेको छ ।

को जान पाउनेछन् रोजगारीका लागि इजरायल ?
रोजगारीका लागि ईजरायल जान सरकारले मापदण्ड बनाएको छ । कामदार २५ देखि ४५ वर्ष र ४५ केजी तौलभन्दा माथिको हुनुपर्नेछ । तर इजरायिली भाषा अनिवार्य गरिएको छैन । सामान्य अंग्रेजी जानेको मानिस पनि जान सक्नेछन् । तर, यसका लागि परीक्षा भने अनिवार्य छ । अहिले विभागले कमदारलाई परीक्षा लिनका लागि धमाधम कोर्ष बनाइरहेको जनाएको छ ।

साथै, कमदारले १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयको कम्तीमा १५ महिनाको कोर्ष वा प्रवीणता प्रमाणपत्र तह उतीर्ण गरेको हुनुपर्छ । त्यससँगै नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिनाको तालीम प्राप्त गरेको व्याक्तिले आवेदन दिन पाउनेछन् ।

इजरायलमा काम गरी फर्केका र बुबा, आमा, पति पत्नी, छोरा वा छोरीले इजरायलमा बसोबास वा कार्य गरेका परिवारका सदस्य भने यसमा सहभागि हुन पाउने छैनन । 

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update