Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सबै सेवा सुचारु नगर्ने स्वास्थ्य संस्थालाई कारबाही

हेटौंडा - वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले सबै प्रकारका स्वास्थ्य सेवा सुचारु राख्न निर्देशन दिएको छ । स्वास्थ्य संस्थाहरुले व्वरोका विरामी तथा कोरोना भाईरससँग मिल्दो लक्षण र चिन्ह लिएर आउने विरामीलाई सेवा नदिई फर्काएको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

कतिपय स्वास्थ्य संस्थाले विरामीको प्रारम्भिक जाँच समेत नगरी सरकारी स्वास्थ्य संस्थामा पठाउने गरेको गुनासो आएको छ । मन्त्रालयले आज एक सार्वजानिक सूचना जारी गर्दै कानुन विपरित त्यस्ता कार्य गरेको पाईए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले प्रदेश अन्तर्गतका नीजि, सहकारी, सामुदायिक तथा गैर सरकारी क्षेत्रमा क्रियाशिल स्वास्थ्य संस्थाहरुलाई नियमित र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिईएको बताए ।

उनका अनुसार स्वास्थ्य संस्थाहरुले कोभिड १९ लगायत सबै प्रकारका स्वास्थ्य सेवाहरु (स्वीकृत शैया क्षमता बमोजिम आईसोलेसन वार्ड, तथा आईसियु कक्ष सहितको व्यवस्था गर्नुपर्ने छ ।

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update