चरिकोट अस्पतालमा कोरोना संक्रमित बृद्धाको मृत्यु
चरिकोट – दोलखामा कोरोना संक्रमणका कारण एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ स्थायी घर भएकी ७२ वर्षिया बृद्धा रहेकी छिन् ।
उनी हाल भीमेश्वर नगरपालिका वडा नम्बर २, राम्पा बस्दै आएकी थिईन् । स्वास्थ्यमा समस्या आएपछि सदरमुकाम स्थित चरिकोट अस्पतालमा भर्ना भएकी उनको आज निधन भएको हो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । अस्पतालका अनुसार ती बृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
पछिल्लो पटक भीमेश्वर नगरपालिका २ मा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । बुधवार राम्पा र डोक्थलीमा मात्रै ३४ जनामा संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८ ०९:५२
प्रतिक्रिया दिनुहोस्